पत्रकार सम्मेलन गरी सार्वजनिक हुँदै बिमला वली

मेचीकाली संवाददाता

२१ श्रावण २०७८, बिहीबार
785 shares

बुटवल । सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला वलीले आज बुटवलमा सार्वजनिक हुने भएकी छिन् । उनी बिहीबार (आज) बुटवलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक हुने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।

पटक–पटक दल अदलबदल गरेकी उनी माओवादी केन्द्र रहेको बुधवार बताएकी थिइन् । नेकपाबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उप–निर्वाचन जितेर वली सांसद बनेपछि लगातार चर्चामा छिन् । सडक दुर्घटनामा परी उनका पति उत्तर कुमार वली निधन भएपछि उनी उपनिर्वाचनमा जितेर राजनीतिमा आएकी हुन् । दुई दिन अगाडि उनको माओवादी छाडेर एमाले रोजेको विज्ञप्ती आएको थियो ।

उनले फेरि बुधबार माओवादी केन्द्रमा रहेको बताएकी थिइन् । एमाले र माओवादी दुई अलग अलग पार्टी बनेपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । उनलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको माओवादी नेताहरुले बताउँदै आएका थिए ।