मसलन्द तथा शैक्षिक सामग्री संघको क्षत्रीय अध्यक्षमा भण्डारी

मेचीकाली संवाददाता

१३ मंसिर २०८३, शनिबार
8 shares

बुटवल, मंसिर १२ । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, लुम्बिनी क्षेत्रीय समिति बुटवलको १० औं साधारणसभा तथा ५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले मोहन भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्ष आनन्द कर्ण, सचिवमा रामप्रसाद भटटराई, सहसचिवमा रमेश भटटराई र कोषाध्यक्षमा नारायण मरासिनी चयन भएका छन । यस्तैगरी सदस्यहरुमा शिवराज गैरे, रमेश पौडेल, रामु पाण्डे, नवल घिमिरे, राजकुमार यादव र विष्णु गैरे रहेका छन ।
त्यस्तैगरी लेखा समितिको संयोजकमा राजकुमार श्रेष्ठ, नारायण कार्की, सुमित शिलवाल रहेका छन । यसअघि साधारणसभामा बोल्दै नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ केन्द्रीय अध्यक्ष विजेन्द्र विक्रम शाहले स्वदेशी मसलन्द तथा शैक्षिक सामग्री उद्योगको अस्तित्व संकटमा रहेको बताउदै राज्यले त्यसप्रति चासो दिनुपर्ने बताए ।
उनले विकास र भविश्यसँग जोडिएको स्वदेशी उद्योग संरक्षणका लागि योजना ल्याउनुपर्नेमा जोड दिए । एकता, सक्रियता, आपसी विश्वास र संस्थाप्रति अपनत्व लिएर अघि बढन सबैलाई शाहले आग्रह गरे । कार्यक्रममा संघका अध्यक्ष विष्णु वाग्लेले आयातित सामग्रीसँग प्रतिष्पर्धा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने मसलन्द सामग्रीसँग प्रतिष्पर्धा गर्न स्वदेशी उद्योगका लागि चुनौती बनेको बताए । संघको स्थापना २०४७ सालमा भएको हो ।
आनन्द कर्णले बेनामे तथा गुणस्तरहीन अनियन्त्रित छुट तथा अस्वस्थ मूल्य प्रतिष्पर्धाले उत्पादक, वितरक र व्यवसायीलाई प्रभावित बनाएको बनाएको बताए । संघका पूर्व अध्यक्ष सुनील गोपाल श्रेष्ठ, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष मेखबहादुर अधिकारी, केन्द्रीय समितिका प्रथम उपाध्यक्ष गणेशप्रसाद अधिकारी, लुम्बिनी प्रदेश इन्चार्ज कमल नेपाल, केन्द्रीय सदस्य राजेन्द्र महर्जन, प्रदेश सचिव रामप्रसाद भटटराई, क्षेत्रीय सदस्य नारायणप्रसाद मरासिनी लगायतले बोलेका थिए । संघको निर्वाचन समितिको संयोजकमा मेखबहादुर अधिकारी, सदस्यमा कमल नेपाल र लक्ष्मण न्यौपाने रहेका थिए ।