हाम्रो बारेमा

विश्व शान्तिको मुहान लुम्बिनी, बुद्धावलीको ऐतिहासिक नगरी, मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलमा मेचीकाली सन्देशको केन्द्रीय कार्यालय रहेको छ । रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं. ९, मिलनचोकमा प्रधान कार्यालय रहेको मेचीकाली सन्देश प्रकाशन प्रा.लिले वि.सं. २०५७ सालबाट प्रकाशन प्रारम्भ भएको हो । मेचीकाली सन्देश स्थापनाकालदेखि नै राष्ट्रिय स्तरको ‘क’ वर्गमा सूचीकृत हुँदै आएको छ । सामाजिक एकतासहितको राष्ट्रियता, सद्भाव, सहिष्णुताका निम्ति जनउत्तरदायित्व सहितको जिम्मेवार र व्यवसायिक पत्रकारितालाई हामीले मूल मर्मका रुपमा अंगालेका छौं ।
अहिले आमसञ्चारका माध्यमहरु डिजिटलाइज भइरहेका छन् । परम्परागत रुपमा सञ्चालित आमसञ्चारका माध्यमहरुले समयको परिवर्तनसँगै आफुलाई ढाल्न अपरिहार्य भइसकेको छ । हामीले पनि डिजीटल प्रविधीलाई पछ्याउँदै अनलाईन न्युज पोर्टललाई सञ्चालनमा ल्याएका छौँ । यो वेबसाइट मेचीकाली सन्देश राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । यो न्युज पोर्टलले अनलाईन पत्रकारितालाई सनसनी र हल्लाका आधारमा नभई जिम्मेवार, जवाफदेही र व्यवसायिक बनाउने हाम्रो प्रतिवद्धता छ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामीले गरेको प्रतिवद्धता कमजोर छैन ।

सञ्चालक समिति
अध्यक्षः होमराज बस्याल
देवेन्द्रप्रसाद ध्वजु

बसन्तराज खनाल
तेजकुमार पाठक
गोपाल राना
आदित्यनारायण कसौधन
रेनुका खरेल
बालाराम भट्टराई
यमलाल लोहनी

मेचीकाली सन्देश प्रकाशन प्रा.लि.
दर्ता नं.: २२३१/०७४–७५
ठेगानाः बुटवल–९ मिलनचोक