मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना पुस्तक हस्तान्तरण

मेचीकाली संवाददाता

१५ चैत्र २०७९, बुधबार
404 shares

कपिलवस्तु। इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना पुस्तक जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र समन्वय अधिकारी भूमिराम पोख्रेललाई हस्तान्तरण गरेका छन् । कपिलवस्तु जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख संयोजक रहने गरी अनुगमन समिति निर्माण गर्नुगर्ने दायित्व राज्यको भएको हुँदा प्रकाशित निर्देशिका पुस्तक हस्तान्तरण गर्ने क्रममा कपिलवस्तु जिल्लाका जिल्ला समन्वय समिति प्रमुख र समन्वय अधिकारीलाई भेटगरी नेपाल सरकारबाट प्रकाशित पुस्तक मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय मानव अधिकार कार्ययोजना हस्तान्तरण गरेका हुन् ।

नेपाल विभिन्न मानव अधिकारसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धी महासन्धिहरुको पक्षराष्ट्र रहेको छ । मानव अधिकारसम्बन्धी विभिन्न सन्धी महासन्धीहरुको कार्यान्वयनको सम्बन्धमा आवधिक रुपमा बिभिन्न खाल्का प्रतिवेदनहरु नेपाल सरकारबाट संयुक्त राष्ट्रसंघमा बुझाउनुपर्ने बताउँदै यसलाई प्रभावकारी बनाउन नेपाल सरकारले मानव अधिकार कार्ययोजना निती अवलम्बन गरेको संयोजक महतले बताए ।

पाँचौँ राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयनको लागि निर्देशिका तयार पारेर देशका विभिन्न जिल्लाहरुमा समन्वय समिति गठन गर्ने र अनुगमन समिती गठन गरी सोको कामको कार्यान्वयनको लागि सहजीकरण इन्सेकले गरिरहेको बतए । प्रधानमन्त्रीको कार्यालयसँग इन्सेकले पनि समन्वय गरेर जिल्ला, नगरपालिका र गाउँपालिका स्तरमा पाँचौँ राष्ट्रिय मानव अधिकारका कार्ययोजनालाई कार्यान्वयन गर्नका लागि इन्सेकले विभिन्न गतिविधिहरु संचालन गरिरहेको इन्सेक लुम्बिनी प्रदेश संयोजक महतले बताए ।

सो क्रममा यो कार्य धेरै ढिला भसकेको र कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल सरकारको कानुनी दायित्व भएको हुनाले जिल्ला समन्वय समितिमार्फत राष्ट्रिय मानव अधिकार कार्ययोजना अनुगमन समिति निर्माण गर्नुपर्ने भएको हुनाले अनुगमन समिति तत्काल निर्माण गर्न जिल्लाका सरोकारवालाहरुसँग समन्वय गरी निर्माण गर्ने र कार्यान्वयनको विषयमा लैजानको लागि ध्यानाकर्षण गराउने कार्य सम्पन्न गरिएको संयोजक महतले बताए ।

यस्तै जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले नेपाल सरकारको काम भएको हुँदा यसलाई छिट्टै नै जिल्लाका स्थानीयतहहरु र विभिन्न सरोकारवालाहरुसंग समन्वय गरी काम अगाडी बढाउने प्रतिबद्धता जनाए ।