मुस्लिम महिलाहरुका लागि परिवार नियोजन सम्बन्धि अभिमूखिकरण सम्पन्न

मेचीकाली संवाददाता

१२ जेष्ठ २०८०, शुक्रबार
334 shares

पार्वती आचार्य

कपिलवस्तु । मुस्लिम महिलाहरुका लागि दुई दिने परिवार नियोजन सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धिपुर सामाजिक महिला बिकास संस्थाको आयोजना तथा शिवराज नगरपालिकाको सहयोगमा नगरपालिकाको वडा नं. ४ चनईमा कार्यक्रम सम्पन्न गरिएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथी शिवराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नसिम अहम्मद खाँले परिवार नियोजन सम्बन्धि दुई दिन सम्म सिकेका कुराहरु महिला दिदी बहिनीहरुले व्यवहारमा ल्याउन आग्रह गर्नु भयो । परिवार नियोजनको महत्व बुझ्न सके आमा र बच्चा दुबै स्वस्थ रहने उहाँले बताउनु भयो ।

कार्यक्रममा शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूणिमा खनालले परिवार नियोजन साधनको प्रयोग जस्तै दिपो , संगिनी सूई , कपटी , पिल्स चक्की लगाएका अस्थायी साधनहरुको जानकारी र यसको फाईदा , महत्व र असरको बारेमा सहजीकरण गर्दै सहभागि महिलाहरुलाई परिवार नियोजन सुरशिक्षत एक साधन भएको बताउनु भयो ।

यसैगरी फातिमा फाउण्डेसनका अध्यक्ष तथा प्रशिक्षक रुकैया खातुनले महिलाहरुका लागि मौलिक हक भित्र पर्ने प्रजजन स्वास्थ्यको अधिकार , लैंगिक हिंसा , लैगिंक हिंसाको कानुन , बाल बिवाह , बहुबिवाह लगाएको बारेमा सहजी करण गर्नु भएको थियो ।

यसैगरी सिद्धिपुर सामाजिक महिला बिकास संस्थाका अध्यक्ष सिता देवी न्यौपानेले महिलाहरुलाई शसक्तिकरण गराउनका लागि बिभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउनु भयो । कार्यक्रममा सहभागि महिलाहरुलाई परिवार नियोजनको महत्व बुझेर साधनको प्रयोग गर्न आग्रह गर्नु भयो ।

संस्थाका अध्यक्ष सिता देवी न्यौपानेको अध्यक्षतामा जेठ १० र ११ गते दुई दिन संचालित अभिमूखिकरण कार्यक्रम शिवराज नगरपालिका वडा नं. ४ का ६५ भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । भने संस्थाका सह सचिव मायाँ कुवरको संचालन तथा संस्थाका कोषाध्यक्ष लक्ष्मी गोदारको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । सहभागिहरुले दुई दिन सम्म सिकेको कुराहरुलाई व्यहारमा ल्याउने र आगामीदिनहरुमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्न आग्रह गरेका छन् ।