ग्रेसद्वारा निःशुल्क मोटिभेसनल सेमिनार

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८०, शनिबार
161 shares

बुटवल । बिदेश अध्ययनमा जान चाहने बिद्यार्थीहरुलाई बिगत लामो समयदेखि सहजीकरण गर्दै आएको ग्रेस इन्टरनेशनल एजुकेशनले निःशुल्क मोटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा गर्ने भएको छ ।

बिदेश अध्ययनमा जाँदा बिचार पु¥याउनुपर्ने कुरा, अध्ययनपछि नेपालमा अवसरको सम्भावना, भविश्यको योजना बनाउने तरिका लगायतका विषयमा बुटवलमा एक दिने सेमिनार हुने भएको हो । यही जेठ ३० गते बिहान ९ बजेबाट सिद्धार्थ कटेज बुटवलमा कार्यक्रम हुने ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए ।

उनले बिगत लामो समय देखी विदेश अध्ययनमा जान चाहने बिद्यार्थीहरुलाई सहजीकरण गर्दै आएको संस्थाले यसलाई विद्यार्थीहरुको करिअर र शैक्षिक स्तर सुधार्न सहयोग गर्नेगरी शैक्षिक यात्राको आयोजना गरेको जानकारी दिए ।

अहिले विदेश अध्ययनमा बिद्यार्थीहरुको आकर्षण अत्यधिक रहेको भन्दै उनले तर बिद्यार्थीहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने भन्दै बिदेश अध्ययनको लागी गर्नुपर्ने तयारीहरु, अध्ययन पछिका अवसरका सम्भावनाहरु लगायतको बिषयमा बिद्यार्थिहरुलाई जानकारी गराउन पनि शैक्षिक यात्रा आयोजना गरिएको बताए ।

शैक्षिक यात्रामा बैंकर अनिल केशरी शाह, नायिका सुरक्षा पन्त, हाँस्य कलाकार कैलाश कार्की, कार्यक्रम सञ्चालक तथा नायिका रिमा बिश्वकर्मा लगायत चर्चित व्यक्तिहरुले आफ्नो प्रस्तुती दिने उनले बताए । यस अघि बिर्तामोड, दमक, बिराटनगर, पोखरा, चितवन र बाग्लुङमा भइसकेको छ । ग्रेसको यस कार्यक्रममा विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको ब्यवस्था गरेको बताउँदै ७ सय जनालाई सहभागी गराउने उद्देश्य रहेको भट्टराईले जानकारी दिए ।