बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगर पर्यापयटन र सामाजिक विकासमा काम गर्दै आएको छ । वनको संरक्षण, प्रवद्र्धनसँगै पर्यापयटनको क्षेत्रमा काम गर्दै अघि बढेको हो । वनको बिहीबार बुटवल–१२ स्थित मिलनपार्कमा आकर्षक पानीको फोहोरा निर्माण गरी हस्तान्तरण गरेको छ । ५ लाख रुपैयाँको लगानीमा पार्कलाई थप आकर्षक बनाउन टेवा पुगोस भनेर पानीको फोहोरा निर्माण गरी हस्तान्तरण गरिएको वनका अध्यक्ष जगतनाथ शर्माले जानकारी दिए ।
वन हुँदै तिनाउ गाउँपालिका जाने बाटोका विभिन्न ठाउँमा पिकनिक स्पोर्टर्स क्षेत्रमा ३ वटा सेडहरुमा निर्माण गरिएको छ । यो वर्ष चारपाला वाटिका तथा फलफूल बगान निर्माण अघि बढाइएको छ । विभिन्न प्रजातिका फलफूल लगाउन १० हेक्टर क्षेत्र छुटटाइएको छ । वनका विभिन्न क्षेत्रमा मेस जाली सहित तारवार गरिएको छ । वनका विभिन्न ठाउँमा वन संरक्षण सचेतना सामग्री पनि राखिएको वनका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए ।
वनको कार्यालय परिसरमा १५ हजार विरुवा आफै उत्पादन गर्न सक्ने आधुनिक नर्सरी निर्माण गर्न थालिएको छ । हालै रेडक्रस सोसाइटी रुपन्देहीलाई प्रिन्ट मेसिन, स्कुललाई डेक्सबेन्च, प्रहरी चौकीको प्रतिक्षालयमा डेक्सबेन्च, शुद्धोधनको मैनहियामामा यात्रु प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष पौडेलले बताए ।
यो वर्ष पर्यापटन र सामाजिक विकासको क्षेत्रमा वनले २५ लाख रुपैयाँभन्दा बढीको काम गरेको अध्यक्ष पौडेलको भनाइ छ । वनका विभिन्न उपसमितिलाई डिभिजन वन कार्यालय भैरहवाको सहयोगमा डाले घासका ५ हजार विरुवा रोपिएको छ । चारपाला नेपालकै ठूलो र संरक्षित वन हो । यो वनमा विभिन्न प्रजातिमा जंगली जनावरहरु पाइन्छ । वनको उचित संरक्षण हेर्न अन्य जिल्लाबाट पनि वन समितिहरु चारपालामा आउने गर्छन ।
पानीको फोहोरा उद्घाटन कार्यक्रममा बुटवल १२ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्मा, वनका उपाध्यक्ष रामकुमारी पौडेल, सचिवदुर्गा पाठक, पार्कका अध्यक्ष हेमराज आचार्य लगायतले बोलेका थिए ।