कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले प्रदेश विकास समिति गठन गरी छाडा चौपाया ब्यवस्थापनको कार्य तत्कालै गरिने बताएका छन् । प्रदेश भित्र रहेका सबै पालिका समाबेश रहने गरी साझेदारीरुपमा काम अघि बढाउने उनले बताए । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्धारा आयोजित छाडा चौपाया ब्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छाडा चौपाया ब्यवस्थापनको प्रदेशले नीति तथा कार्यक्रममा समाबेश गरेकोले हुँदा बिज्ञ समुह गठन गरी एक महिना भित्रै ग्रेडीङको काम सुरु हुने बताए । प्रदेश मन्त्री परिषदले नीति पारित गरी काम अघि बढाउने मुख्यमन्त्री चौधरीले बताए ।
मुख्य मन्त्री चौधरीले उत्पादन र रोजगारलाई जोडेर छाडा चौपायको स्थायी समाधान निकाल्नु पर्ने बताए । उनले प्रधानमन्त्री सहीतको सहभागीतामा काठमाडौमा आईतावार हुने विकास समितिको बैठकमा समेत आफुले छाडा चौपाया ब्यवस्थापनको कुरा जोडदाररुपमा उठान गर्ने बताए । वन सम्बन्धी अधिकार संघमा नै राखिदा निर्णय लिन अप्ठोरो परेको भन्दै आफुले संघको वन लगायतका बिभिन्न अधिकारहरु प्रदेशलाई दिन प्रधानमन्त्री प्रचन्डलाई आग्रह गरेको बताए ।
गाईको मलमुत्रको सदुपोग गर्ने, डिएपी र युरियाको विकाल्पकारुपमा गोबरको मल बनाउने गरी अघि बढनु पर्ने बताए । यस्तै प्रदेश सदस्य तथा पुर्वमन्त्री बिष्णु पन्थीले गौशाला निर्माण गरी गाई ब्यवस्थापनको काम गर्ने काम चुनौतीपुाणर््ा रहेको बताउँदै स्थायी समाधान तर्फ जानु पर्ने बताए । उत्पादन र रोजागरीसंग जोडेर ब्यवस्थापनको काम अघि बढाउनु पर्ने उनले बताए । बाणगंगा नगरपालिकाका मेयर चक्रपाण्ी अर्यालले छाडा चौपायाको ब्यवस्थापनका लागि भारतीय सिमानाकाबाट प्रबेश गर्ने छाडा गाई गोरुलाई प्रबेश गर्न रोक लगाउनु पर्ने बताए ।
बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बुद्धभुमी नगरपालिका वडा नम्बर ९ गब्दाहवामा रहेको वन क्षेत्र भित्र ढेड सय बिघा जमिनमा तारबार गरी गौशाला निर्माणकालागि उपयुक्त रहेको बताए । यस्तै बुद्धभुमी नगरपालिकाले छाडा चौपाया ब्यवस्थापनको अगुवाई गर्ने त्यसकालागि चाहिने बजेट प्रदेश सरकार, जिल्लाका १० वटै पालिका लगायत सरोकारबाट आर्थिक एवं अन्य सहयोग संकलन गर्ने समेत निर्णय गरिएको मेयर श्रेष्ठले बताए । सहभागीहरुले छाडा चौपायाको छिटो स्थायी समाधान निकाल्नु पर्ने सुझाव दिएका थिए ।
यसैगरी शुद्धोदन गाउँपालिकाका प्रमुख कमलेश शरण चौधरीले छाडा चौपाया राष्ट्रिय स्तरको समस्या रहेकोले यसका लागि राष्टिय रुपमै नीतिगत ब्यवस्था गर्नु पर्ने बताए । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले छाडा चौपाया ब्यवस्थापनकालागि बिभिन्न चार बिल्पहरु प्रस्तुत गरेका थिए । वन क्षेत्र बाहिर जग्गा किनेर, सार्वजनिक जग्गामा, वन क्षेत्र र र आबादी जग्गामा राखेर ब्यवस्थापन गर्न सकिने बताए । नगरप्रमुख श्रेष्ठको अध्यक्षता, तिलक बस्नेतको स्वागत मन्तब्य तथा नबिन खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।