जबरजस्ती करणी मुद्दाका फरार तिन जना प्रतिवादी पक्राउ

मेचीकाली संवाददाता

१ आश्विन २०८०, सोमबार
521 shares
सांकेतिक तस्वीर

पार्वती आचार्य

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जबरजस्ती करणी मुद्दाका तिन जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिएको छ । भदौ ३० गते ईलाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरी टोलीले बुद्धभुमी नगरपालिका ७ डेरवा बस्ने २३ वर्षीय ईन्सान अली मिया फकिरलाई पक्राउ गरेको हो । फकिरलाई जवरजस्ती करणी मुद्धामा आ.व.२०७६÷०७७ सालमा सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट १२ बर्ष कैद सजाय तोकिएको थियो । घटना पश्चात फरार रहेका प्रतिवादीलाई पक्राउ गरी आवश्यक प्रक्रियाको लागि सम्मानित जिल्ला अदालत कपिलवस्तु बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिनु भयो ।

यसैगरी भदौ ३० गते ईलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरी टोलीले महाराजगंज नगरपालिका ११ शंकरपुर बस्ने ५० वर्षीय हानु मुसलमान भन्ने हारुन मनिहारलाई पक्राउ गरेको छ । घटना पश्चात फरार रहेका हारुनलाई जबरजस्ती करणी कसुर मुद्दामा सम्मानित जिल्ला अदालत कपिलवस्तुबाट २०७९ माघ ११ गते पक्राउ अनुमती दिएको थियो । खोज अनुसन्धानकै क्रममा प्रतिवादिलाई महाराजगंज नगरपालिका ३ बर्गदी देखि प्रहरीले भदौ ३० गते पक्राउ गरी आवश्यक प्रक्रियाको लागि सम्मानित जिल्ला अदालतमा बुझाईएको प्रहरी नायव उपरीक्षक थापाले बताउनु भयो ।

यस्तै ईलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरी टोलिले महाराजगंज नगरपालिका २ उनवलिया बाट ३४ वर्षीया गोरखनाथ लोहारलाई भदौ २८ गते पक्राउ गरेको छ । लोहारलाई सम्मानित जिल्ला अदालत कपिलवस्तुबाट जबरजस्ती करणी मुद्दामा ०७८ भदौ २४ गतेको फैसला अनुसार १ वर्ष ११ महिना १० दिनको कैद सजाय तोकिएको थियो । घटना पश्चात फरार रहेका प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत कपिलवस्तुमा पठाईएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनु भयो ।