सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको सहयोग र बाल अधिकार चेतना समूहको आयोजनामा कपिलवस्तु नगरपालिका–३ स्थित यशोधरा माविमा बुधबार बाल अधिकार चेतना समूहको पुनर्गठन सम्पन्न भएको छ ।
विद्यार्थीहरूको भेलाले समूका उपाध्यक्ष स्नेहा कान्दुको अध्यक्षतामा १५ सदस्यीय बाल अधिकार चेतना समूह पुनर्गठन गरेको हो । जसको उपाध्यक्षमा राम नारायण गुप्ता, सचिव मुकेश पासवान, सह सचिव रिजवान मनिहार र कोषाध्यक्षमा मन्सा कान्दु चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा हसिना खातुन, रुविना खातुन, खुशी पाण्डेय, दिपेन्द्र चौधरी, रमन कान्दु, अनमोल बर्मा, सरस्वती कहार, सुमन कोहार, अनिस खान लगायत रहेका छन् भने विद्यालयका शिक्षक बिकास कुमार बञ्जाडे संरक्षक शिक्षकमा पुन चयन भएका छन् ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका–३ का वडा अध्यक्ष प्रकाश गैरेले समाजमा विभिन्न किसिमका बिसङ्गतीहरू बढ्दै गइरहेको बेला विद्यालय स्तरिय बाल अधिकार चेतना समूह पुनर्गठनले बाल बालिकाहरूको क्षमता अभिवृद्धि हुने बताए । अध्यक्ष गैरेले पुनर्गठित बाल अधिकार चेतना समूहका पदाधिकारीहरूलाई आफू सचेत हुँदै समाज परिबर्तन गर्न सक्ने क्षमता अभिबृद्धि होस भन्ने शुभकामना दिदै वडाबाट बालबालिकाहरूको लागि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
यस्तै बाल अधिकारको सुनिश्चित गर्न यस समूहको अहम भूमिका रहने बताए । इन्सेकले शिक्षा, स्वास्थ्य , जातिय विभेद , वातावरण लगाएतका सबै पक्षलाई सचेत बनाउँदै ग्रामिण क्षेत्रमा समेत पुगेर बिभिन्न अभियानहरु संचलन गरि नागरिकहरुलाई सचेत बनाउँदै आएकोमा इन्सेक , मानव अधिकार समूह कपिलवस्तुलाई धन्यवाद दिए ।
विद्यालयका प्रधानाध्यापक दिनोदकुमार गुप्ताले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै आफ्नो अधिकार सुनिश्चितताको लागि बाल बालिकाहरूलाई सचेतना गराउनु उचित कार्य भएको बताए ।
कार्यक्रममा मानव अधिकार समूह लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मीले शिक्षा , स्वास्थ्य , वातावरण र लैगिंक विभेदका सवालमा सचेतना मूलकका अभियान सञ्चालन गर्दै आएको बताइन् । बालबालिकहरुलाई आफ्नो कर्तव्य सहितको अधिकार खोज्न आग्रह गर्दै शिक्षा नै जिवन भएको हुँदा शिक्षामा बिषेश ध्यान दिन बालबालिकाहरुलाई अध्यक्ष रेग्मीले आग्रह गरिन् ।
यसैगरी इन्सेक प्रतिनिधि पार्वती आचार्यले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै बालबालिकाहरूको वौद्धिक विकास र उनीहरूको हक अधिकारको सुनिश्चित गर्नकोलागि बाल अधिकार चेतना समूहको पुनर्गठन गर्नुको मुख्य उद्देश्य रहेको बताइन् । समूहले शिक्षा , स्वास्थ्य , वातावरण र लैंगिंक बिभेदबारे बुझेर समस्या समाधानका लागि बाल बालिकहरुलाई बिभिन्न अतिरिक्त क्रियाकलापहरुमा भागलिन र पैरवी गर्न सहयोग पुराउने बताइन् ।
यस्तै बाल संरक्षक शिक्षक बिकास कुमार बञ्जाडेले इन्सेकले गठन गरेको बाल अधिकार चेतना समूहका बालबालिकाहरुलाई आफ्नो क्षमता अभिबृद्धि गर्न बिभिन्न अतिरिक्त क्रियाकलापहरुमा भागलिन उत्सुकता प्रदान गरेको बताए । समूहका अध्यक्ष स्नेहा कान्दुले आफ्नो कार्यकालमा आफू सहित सम्पूर्ण बालबालिकाहरुको अधिकारकोलागि पैरवी गर्ने र शिक्षा , स्वास्थ्य , वातावरण र लैगिंक विभेदको बिषयमा बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलापहरु संचालन गर्न संरक्षक शिक्षक र इन्सेक प्रतिनिधि तथा सहजकर्तासँग समन्वय गर्ने प्रतिवद्धता जनाइन् ।