सम्बन्ध सहकारीको अध्यक्षमा पुनः लोकराज शर्मा

मेचीकाली संवाददाता

१७ मंसिर २०८०, आईतवार
215 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले पुनः लोकराज शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिचि चयन गरेको हो । जसको उपाध्यक्षमा विष्णुकुमारी गौतम, सचिवमा कमल नेपाल र कोषाध्यक्षमा सन्तोष केसी रहेका छन् ।

त्यस्तैगरी सदस्यहरुमा भगवती पन्थी, मीरा श्रेष्ठ, वीरबहादुर कार्की, खिम श्रेष्ठ, वीरबहादुर कुँवर, लक्ष्मी बस्नेत र तेजेन्द्र खनाल रहेका छन । त्यस्तै संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मराज भट्टराई र सदस्यहरुमा विनिता थापा र सन्तोष तिवारी रहेका छन् ।

अधिवेशनमा निर्वाचन मण्डलको संयोजनमा रणबहादुर थापा र सदस्यहरूमा शालिकराम पौडेल र विष्णुप्रसाद आचार्य रहेका थिए । सम्बन्ध सहकारी बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को पहिलो बहुउद्देश्यीय सहकारी संस्था हो ।