राष्ट्रियतामाथिको संकट जोगाउन सांस्कृतिक अभियान

मेचीकाली संवाददाता

२२ मंसिर २०८०, शुक्रबार
215 shares

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी विप्लवनिकटको सामना सांस्कृतिक परिवारले अर्घाखाँचीको सन्धिखर्कमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । सामना जनसंगित अभियान २०८० सम्पन्न गर्न कपिलवस्तु, दाङ, प्युठान हुँदै अर्घाखाँची आएको सामना सांस्कृतिक परिवार पश्चिम लुम्बिनी ब्युरोको एक टोलीले शुक्रबार सन्धिखर्कमा विभिन्न जनवादी गीत तथा नृत्यहरू प्रस्तुत गरेको हो ।

सांस्कृतिक संयोजक देवराज सिंले यतिबेला राष्ट्र राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाल संकटमा पर्दै गएको, राष्ट्रलाइए एमसिसीजस्ता राष्ट्रघाती सम्झौता पास गरेर देशलाई विदेशीको इशारामा नेपाली जनता माथि बह्रमलुट गरी आफ्नो कर्म थलो बनाउन खोजेको भन्दै देशभर सामना सांस्कृतिक परिवारले गीतको माध्यमबाट जनता जगाउँदै हिँडेको बताए । त्यसैगरी कार्यक्रममा नेकपा विप्लवका पार्टी जिल्ला सल्लाहकार, जनयुद्धका घाइते अपाङ्ग प्रवासले राष्ट्रीयताको विषय सबैको साझा भएकोले सबै देशभक्तहरू राष्ट्र बचाउन एक भएर अघि बढ्नुपर्ने बताए ।

उनले गणतन्त्रको यात्रामा आइपुग्दासमेत जनताले साँचो परिवर्तनको अनुभूति गर्न नपाएको, दुख, पीडा, निरासाबाट सर्वसाधारण जनताहरू आज पनि आक्रान्त भएको र वर्तमान राजनीति चौबाटोमा अलपत्र परेको बटुबा जस्तै देखिएको बताए । उनका अनुसार यो सांस्कृतिक अभियानले पार्टीको अगुवाइमा जिल्लाका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने छ ।