सृजनानगर खानेपानी समितिमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

२ पुष २०८०, सोमबार
260 shares

बुटवल । सृजनानगर खानेपानी विकास निर्माण तथा वातावरण सरसफाई उपभोक्ता समिति बुटवल–११ को १५ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सोमबार सम्पन्न भएको छ । समितिका अध्यक्ष नकुश शाहीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै वडाअध्यक्ष क्षेत्रीले खानेपानीबाट सृजनानगर क्षेत्रमा स्वच्छ र सुलभ दरमा स्वच्छ खानेपानी वितरण ठूलो काम भएको भन्दै प्रशंसा व्यक्त गरे । उनले नगरपालिकाबाट खानेपानी र सरसफाईको क्षेत्रमा आवश्यक काम आफू सधै प्रयासरत रहेको बताए । कार्यक्रममा समितिका अध्यक्ष नकुल शाही ठकुरीले आगामी दिनमा सृजनानगर वृहत खानेपानी आयोजनाको थप बोरिङ गाडने र पाइप बिस्तारलाई तिब्रता दिने बताए ।
अध्यक्ष शाहीले जनघनत्वलाई मध्यनजर गर्दै सृजनानगर खानेपानी योजनाबाट खानेपानी टयाङकी निर्माण गनृ पहल गरिने जानकारी गराए । फोहोर व्यवस्थापन गर्दै संस्थाले पाउनेपर्ने रकम पनि अशुल गरिने बताए ।

सो अवसरमा आय व्यय समेत प्रस्तुत गरिएको थियो । संस्थाले ३० लाख ४५ हजार ५१६ आम्दामी र खर्च (व्यय) १५ लाख ५६ हजार १९७ गरेको उपाध्यक्ष सुर्य बहादुर रेगालीले जानकारी दिए । सो अवसरमा खानेपानी टयाङकी निर्माणको लागि जग्गा र आर्थिक सहयोग गर्ने घनश्याम खरेल, पुरुषोत्तम घिमिरे, कृष्ण पौडेल, विष्णु भण्डारी सल्लाहकार बलराम न्यौपानेलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा खानेपानी डिभिजन कार्यालय प्राविधिक गेहेन्द्रराज बराल, समाजसेवी बलराम न्यौपाने लगायतले बोलेका थिए ।

समितिका उपाध्यक्ष सुर्य बहादुर रेगालीको स्वागत तथा सचिव गीताकुमारी रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच सृजनानगर खानेपानी आपतकालीन सहयोग कोष बचत समितिको पनि छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । यसैबीच चौथो अधिवेशनले अध्यक्ष नकुल शाही ठकुरी, उपाध्यक्ष सूर्यबहादुर रेगामी, सचिव गिताकुमारी रेग्मी, कोषाध्यक्ष विजय पाण्डे, सदस्यहरु शुशीला खत्री, मिरादेवी तरामु, बिमला बिक, एनुका छहरी, खड्कबहादुर पाइजा पुन, चन्द्रावती भण्डारी, सीता बर्मा रहेका छन् ।