नेपाल एभरग्रीन पब्लिक इङ्लिस स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीकाली संवाददाता

६ माघ २०८०, शनिबार
283 shares


तुलसी राम पौडेल
रुपन्देही, माघ-६
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१७ मोतिपुर स्थित नेपाल एभरग्रीन पब्लिक इङ्लिस स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भयो। नेपाल एभरग्रीन पब्लिक स्कुलको २५ औ बर्ष, रजत बर्षको शुभ अवसरमा निजी शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बिद्यालयले एक दिने ” बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो। कार्यक्रमको उदघाटन बुटवल-१७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मी मगरको स्वास्थ्य परिक्षणबाट गरिएको हो।निशुल्क स्वास्थ्य शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञहरू अन्तरगत डाक्टर सन्दीप शाक्य( नवजात शिशु तथा बालरोग विशेषज्ञ ) , डाक्टर अनिता पुन ( महिला तथा स्त्री रोग विशेषज्ञ ) ,डाक्टर प्रेम पौडेल( जनरल तथा ल्याप्रोस्क्रीपिक सर्जन) , डाक्टर नियम खान ( जनरल फिजिसियन) र सिद्धबाबा डेन्टल क्लिनिकका दन्तरोग विशेषज्ञ सन्तोष ढकाल रहनु भएको छ। स्वास्थ्य शिविरमा निशुल्क औषधि वितरण तथा ल्याबको सुविधा समेत रहेकोे थियो ।मेडिकल संयोजन विवेन फार्मेसीका प्रवन्ध निर्देशक दिपक ढकाल र फार्मेसिस्ट शुभेन्द्र यादवले गर्नुभएको थियो ।विद्यालय संचालक समितिका अध्यक्ष बालाकृष्ण तिवारीको अध्यक्षता, बुटवल -१७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मी मगरको प्रमुख आतिथ्यता, बुटवल – १९ का वडा अध्यक्ष चन्द्रसिह थापा र बुटवल -१८ का वडा अध्यक्ष गुरुप्रसाद पङ्गेनिको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य कपिलमणी ढकालले उपस्थित सबैलाई स्वागत तथा कार्यक्रम उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
नेपाल एभरग्रीन पब्लिक इङलिस स्कुलको आयोजनामा सम्पन्न निशुल्क स्वास्थ्य शिविर नेपाल ढकाल समाज प्रतिस्ठान ,मोतिपुर कृषि सहकारी संस्था र श्रेष्ठ म्युजिक एण्ड टेण्ट हाउसको सहकार्य रहेकोे थियोे भने मेडिकल सहकार्य विवान फार्मेसीले गरेको थियो । स्वास्थ्य शिविरमा ४८५ जनाले स्वास्थ्य लाभ लिएको विद्यालयका प्राचार्य कपिलमणी ढकालले जानकारी दिनुभयो ।