उद्योग व्यापार संघ कपिलवस्तुद्वारा नेपाली दुतावास भारतसँग अन्तक्रिया

मेचीकाली संवाददाता

६ माघ २०८०, शनिबार
745 shares

पार्वती आचार्य

नयाँ दिल्ली । भारत भ्रमणमा गएको उद्योग व्यापार संघ कपिलवस्तुको टोलीले नयाँ दिल्ली स्थित नेपाली दुतावासको कार्यालयमा अन्तरक्रिया सम्पन्न गरेको छ । सो अवसरमा संघका अध्यक्ष खिमानन्द पौडेल कोपिलले स्थापनाकाल देखि नै समाजसेवा गर्दै आएको संस्थाले व्यवसायीहरुको हकहितमा निरन्तर लागेको स्पष्ट पार्नुभयो । स्वदेशी अर्थतन्त्रमा स्वदेशी पुँजीपति उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने अध्यक्ष पौडेलले बताउनु भयो ।

कपिलवस्तु जिल्ला पर्यटकिय हिसावले धेरै अगाडी रहेता पनि व्यापक रुपमा अभ,ै पनि प्रचार प्रसार हुन नसकेको बताउँदै बाहिरबाट आउने पर्यटकहरुलाई जिल्लामा महत्वपूर्ण स्थान सम्म ल्याउनका लागि नेपाल भारतको सहकार्य हुनुपर्ने अध्यक्षले भयो । साथै उहाँले तिलौराकोटको बिस्तृत जानकारी दिलाउन लोकल गाईडको व्यवस्था हुनुपर्ने भ्रमणको मुख्य उद्देश्य रहेको दुतावास समक्ष आफ्ना भनाई राख्दै संमृद्ध जिल्लासंगै राष्ट्रलाई टेवा पुग्ने अध्यक्ष पौडेलले जानकारी गराउनु भयो ।

यस्तै कार्यवाहक राजदुत डाक्टर सुरेन्द्र थापाले कपिलवस्तु जिल्लालाई पर्यटकीय बिकासमा हित हुने खाल्का महत्वपुर्ण बिकासका योजनामा नेपाली राजदुतावासको सहयोग रहने बताउनु भयो । नेपालको गौरवलाई अगाडी बढाउनका लागि व्यवसायीहरुले गुणस्तरिय सामाग्रीहरुको उत्पादनमा जोडदिनुपर्ने उहाँको भनाई छ । यस्तै रोकियको गौतम बुद्ध अन्राष्ट्रिय बिमान स्थलको बारेमा आफूलाई जानकार रहेको बताउँदै भारतीय पक्षबाट बिभिन्न तहमा कुराको उठान गर्दै आएको जानकारी दिनु भयो । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन राजदुतावासको अहंम भूमिका रहने कार्यवाहक राजदुत थापाको भनाई छ ।

यसैगरी एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीजका अध्यक्ष युवराज बरालले जिल्लाको आर्थिक , धार्मिक , कृषिको उन्नतीका लागि पर्यटकिय क्षेत्र बनाएर अगाडी बढ्नलाई सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । बाहिरबाट आउने पाहुनालाई जिल्लाको राम्रो परिचय दिनका लागि सहज वातावरण बनाउन समेत उद्योग व्यापार संघ, कपिलवस्तुलाई आग्रह गर्नुभयो ।

यस्तै तारानाथ अधिकारी ( मिनिष्टर ईकोनमिक्स) ले बोल्दै अवलोकन टोलिले भ्रमणमा सिकेका र देखेका ज्ञान , सिपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्दै दुतावासको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जानाउनु भयो । पर्यटनलाई व्यवसायसंग जोडन सक्ने हो भने आर्थिक समृद्धिमा कपिलवस्तु जिल्ला र समग्र नेपालले छिट्टै नै फड्को मार्ने उहाँको भनाई छ ।

उद्योग व्यापार संघ कपिलवस्तुद्वारा नेपाली दुतावास भारत संग शुक्रबार अन्तक्रिया तथा छलफल कार्यक्रममा उद्योग व्यापार संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष हुनमनाथ पौडेलले भ्रमणको कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै संघले गरेका रचनात्मक काम र गर्न खोजेका महत्वपूर्ण बिषयको उठान राजदुतावास संग गर्नु भएको थियो । साथै उहाँले जिल्लाको पर्यटकिय सम्भाव्यताको क्षेत्र भएता पनि जति हुन पर्ने हो त्यो हुन नसकेको स्पष्ट पार्नु भएको थियो । यता गौतम बुद्ध बिमान स्थलको समस्या समाधान गर्न र नेपालमा उत्पादित बस्तुलाई भारतमा सहज रुपमा व्यवस्थापन गर्ने र नेपाल र भारतको वातावरणलाई सहज बनाउनका लागि पहल कदमी गर्न समेत राजदुतावास समक्ष आग्रह गर्नुभयो ।

यसैगरी दुतावासका काउन्सिलर बद्री तिवारीले संचालन गरेको कार्यक्रममा उद्योग व्यापार संघ कपिलवस्तुका उपाध्यक्ष गिता पौडेल , महारसचिव बासुदेव खनाल , कोषाध्यक्ष शालिकराम आचार्य , माधव क्षेत्री लगाएतका पदाधिकारीहरु , संघका सल्लाहकार , चेम्बर अफ कमर्सका केन्द्रिय महासचिव तथा योग गुरु डाक्टर मोहन कार्की , सास्कृति केन्द्रिय सचिव घनस्याम शर्मा , होटल व्यवसायी संघका अध्यक्ष दिपक जिसी , समाजसेवी आर.बी .खड्का , संचारकर्मी लगाएको उपस्थित रहेको थियो । संघले भ्रमणको तेश्रो दिन राजदुतसंग अन्तरक्रिया गरेको हो ।