कपिलवस्तु । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बाणगंगाले पनि वार्षिकोत्सव मनाएको हो । शाखा कार्यालयका प्रवन्धक रोमनाथ न्यौपानेले माघ १ गते देखि चैत मसान्त सम्म मोबाइल बैंकिङ, इन्टरनेट र एटिएम सेवा निशुल्क दिइएको बताए ।
विद्यार्थीहरुका लागि निरन्तर निशुल्क सेवा दिँदै आएको छ भने ०८० माघ १ गते देखि ०८० चैत मसान्त सम्म सम्पूर्ण सेवाग्रहीहरुको लागि उक्तसेवाहरु निशुल्क दिएको शाखा प्रवन्धक न्यौपानेले जानकारी दिए । सो अवसरमा केक काटेर वार्षिकोत्सव मनाउँदै शाखा प्रबन्धक न्यौपानेले वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष फरक तरिकाले वार्षिकोत्सव मनाउँदै आएको बताए ।
वार्षिकोत्सवमा व्यवसायी ज्ञानराज भण्डारीले राष्ट्रिय बैंक शाखा कार्यालयको योगदान र सेवाप्रति उच्च सम्मान व्यक्त गरे । यस्तै औद्योगिक क्षेत्र अर्थात् बराह होजियारी उद्योगका खेमराज अधिकारीले प्राइभेट बैंकबाट दिइने सेवाभन्दा यस बैंकबाट पछिल्लो समय राम्रो सेवा दिँदै आएको र सेवा लिन आउँदा आफूले बिना झन्झट सेवा प्राप्त गरेको बताउँदै यस बैंकले आगामी दिनमा ग्राहाकहरुका लागि थप सहुलिएतका सेवाहरु ल्याउन सफल होस भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा कृषि व्यवसायी शंकर केसी, कर्जा ग्राहक गोविन्द घिमिरे र गणेश पोख्रेललगायतले शाखाबाट दिइने सेवाबाट आफू एकदमै सन्तुष्ट रहेको भन्दै बैंकको ५९ औं वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले प्रदान गरेको बैंकिङ सेवा सुविधाहरुलाई विश्वास गरि बैंकसँग निरन्तर कारोबार गरिरहेका कृषि व्यवसायी, युवा व्यवसायी, निक्षेप कर्जा, उद्योगी, व्यापारीलाई प्रोत्साहन र अर्थतन्त्रले पु¥याएको योगदानको कदर गर्दै सम्मान पत्रले सम्मान गरिएको शाखा प्रवन्धक न्यौपानेले जानकारी दिए ।