चारपाला वनद्धारा पुरौनी आधारभूत स्कूललाई डेक्सबेन्च हस्तान्तरण

मेचीकाली संवाददाता

१२ माघ २०८०, शुक्रबार
225 shares

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल १२ तामनगरले शुद्धोधन गाउँपालिका ५ स्थित पुरौनी आधारभूत विद्यालयलाई डेक्स बेन्च हस्तान्तरण गरेको छ ।

वनले सामाजिक उत्तरदायित्व अन्तर्गत स्कूलमा आवश्यक सामग्रीको रुपमा डेक्स बेन्च उपलब्ध गराएको हो । ४८ वटा डेक्स बेन्च उपलब्ध शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले विद्यालयलाई हस्तान्तरण गरे । सामाजिक क्षेत्रमा वनको गरेको कामको अध्यक्ष बस्यालले उच्च प्रशंसा व्यक्त गरे ।

वनका अध्यक्ष जगत पौडेलले विगतमा पनि यस्ता सहयोग गदै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए । सो अवसरमा वनका सल्लाहकार ओमप्रकाश ठाकुर, उपाध्यक्ष रामकुमारी पौडेल, सचिव दुर्गा पाठक पाण्डे लगायतले बोलेका थिए ।