स्याङ्जा डान्स आाइडल सिजन–३ बाट १५ जना छनोट

मेचीकाली संवाददाता

१४ माघ २०८०, आईतवार
332 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा डान्स आइडल सिजन ३ सम्पन्न भएको छ । गल्याङ र भिरकोट नगरपालिका २ सिजनमा ७० जना भन्दा बढी आइडलमा सहभागी मध्ये १५ जनालाई छनोट गर्न सफल भएको छ । १५ जना प्रतिस्पर्धीबाट अब अन्तीम तिन जना छनोट हुनेछन् । वालिङ महोत्सवलाई लक्षित गरि महोत्सवमा सेमिफाइनलमा लैजाने आयोजकले बताएको छ ।

वालिङ उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं आइडलका सयोजक खगेन्द्र अर्यालका अनुसार प्रतिस्पर्धाबाट छनोट भएका १५ जना प्रतिस्पिर्धीबाट ३ जना छनोट हुनेछन् । प्रथम पुरस्कार तीस हजार, दोस्रो पुरस्कार बिस हजार र तेस्रो पुरस्कार दस हजार पाउनेछन् । जिल्लामा लुकेर रहेको प्रतिभालाई अगाडि बढाउने उदेश्यले डान्स आइडल गरिएको सयोजक खगेन्द्र अर्यालले बताए ।

वालिङमा भएको आइडल सिजनमा ३२ जना प्रतिस्पर्धीहरु सहभागिता रहेका थिए । जिल्ला लुकेर बसेको प्रतिभालाई प्रतिश्परधि मार्फत उच्च मनोबल बढाई मनोरञ्जन मात्रै नबनाई व्यावसायिक बनाउन थप मद्दत पुग्ने सयोजक अर्यालले बताए ।

संयोजक अर्यालले मनोरञ्जन मात्रै नभए र जीवन निर्वाहमा समेत गर्न सजिलो माध्यमका रूपमा डान्सलाइ लिन सकिन्छ । संयोजक अर्यालले संगित एक कलाकारले कलाको माध्यमबाट सफल कलाकार भै जिविको पार्जनको माध्यम समेत हुने बताए ।