ज्ञानपुञ्जमा सहिद सम्मान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१७ माघ २०८०, बुधबार
357 shares

बुटवल । बुटवल–११ नहरपुरस्थित ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूलले सहिद दिवसको अवसरमा सहिद सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा गठित ज्ञानपुञ्ज बालक्लबद्वारा आयोजना गरिएको सहिद सम्मान कार्यक्रममा नेपाल निर्माण गर्ने, देशमा स्वतन्त्रता र स्वाधीनता दिलाउने अनि शान्ति र समृद्ध नेपालका लागि पहल गर्ने ज्ञात आज्ञात सहिदहरुप्रति माल्यार्पण तथा दिप प्रज्वलित गरिएको थियो ।

बालक्लबकी अध्यक्ष साहारा भुसालको अध्यक्षता, विद्यालयका प्राचार्य तोयाराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ८ र ९ का विद्यार्थीहरुले गीत, कविता तथा सहिदहरुको योगदान माथि विचारहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्राचार्य पौडेलले वास्तविक सहिदहरुको अपमान हुनेगरी नक्कली प्रमाणपत्र धारी सहिदहरुको संया बढाउन नहुने र शहिदहरुले देखेको सपना साकार पार्नुपर्ने बताए ।

त्यसैगरी सहप्राचार्य हिमलाल न्यौपाने र इसिए कोअर्डिनेटर हरि भट्टराईले सहिदहरुको योगदान र आजको अवस्थावारे विषय उठान गरी विद्यार्थीहरुलाई सचेत गराए । कार्यक्रम बाल क्लवका अध्यक्ष प्रविन श्रेष्ठले सञ्चालन गरेका थिए ।

यसैबिच अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण आइएसओद्वारा विद्यालयको भौतिक संरचनाको क्वालिटि अडिट गरिएको छ । कक्षाकोठा, डेक्सबेन्च, शौचालय तथा बिजुली बोर्डको क्वालिटी चेक जाँचगरी सुधार गर्नुपर्ने विषयमा विद्यालय प्रशासनसंग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिएको छ ।