सामूहिक विकास सहकारीले मनायो स्थापना दिवस

मेचीकाली संवाददाता

१७ माघ २०८०, बुधबार
1326 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित सामूहिक विकास, बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साताव्यापी विभिन्न रचनात्मक कार्यक्रम गरी ३१औं स्थापना दिवस मनाएको छ ।

बुधबार आयोजित मूल समारोहको प्रतिनिधिसभा सदस्य बासुदेब घिमिरेले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका समाजमा महत्वपूर्ण रहेको बताए । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा राम्रा काम गरेका अरु सहकारीहरुलाई हेर्ने नजर फरक रहेकोले यसलाई चिर्न सहकारी सदस्य केन्द्रित भएर काम गर्नुपर्ने बताए । सदस्य केन्द्रित नभएका सहकारी समस्यामा परेको बताउँदै सहकारीले बचत संकलन सँगै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष सुरेन्द्र बर्माले अधिकांश ऋण लगानी व्यवसाय र उद्योग क्षेत्रमा लगानी गर्ने गरेको बताए । कृषिजन्य उद्यम, व्यवसायका अतिरिक्त सामाजिक कार्य र शैक्षिक क्षेत्रमा बढी कर्जा लगानी हुने गरेको उनको भनाइ थियो । मासिक दुई सय रुपैयाँ बचत संकलनबाट सुरु भएको यो सहकारी अहिले शेयर पुँजी र कारोबारका हिसाबले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो शेयर पुँजी र कारोबार हुने सहकारीका रुपमा स्थापित भएको उनले बताए ।

कार्यक्रममा नेफ्स्कुनका सन्चालक ज्ञानु पौडेलले सहकारी अभियानलाइ अगाडि बढाउन सामुहिक बिकास साकोसको योगदान अतुलनिय रहेको र यस सहकारिको कामबाट अरुले प्रेरणा लिने हुनाले सामुहिक बिकास साकोसले हरेक कुराको नेतृत्वदायी भुमिका लियेर अगाडि बढ्नुपर्ने बताइन् । उनले यो सहकारी स्थिरिकरण कोसमा आबद्दता जनाउनका लागि समेत आग्रह गरिन् । कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष प्रकाश भट्टराईले प्रदेशबाहिर दर्ता भई सञ्चालनमा रहेका केही सहकारीले बदमासी गर्दा सबैलाई एउटै नजरले हेर्न नहुने बताए ।
यसैगरी कार्यक्रममा सस्थाका पुर्ब अध्यक्ष चुडामणी खरेल र सबैको साकोसका अध्यक्ष भरत भुसालले शुभकामना मन्तब्य राखे । कार्यक्रममा कलाकार पुरुशोत्तम भण्डारिले हास्यब्यङ प्रस्तुती र अन्य कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

बचत तथा ऋणको कारोबार गर्ने गरी दर्ता भएको यो नै रुपन्देहीको पहिलो सहकारी हो । सहकारीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीका अनुसार सहकारीले २ अर्ब ५१ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले उत्पादनमूलक क्षेत्रमा करिब ६० प्रतिशत ऋण प्रवाह गरेको जनाएको छ ।
रुपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको यो सहकारीमा अहिले जम्मा सदस्य १० हजार ८ सय जना रहेका छन् भने शेयर पुँजी ३२ करोड ९० लाख तथा जगेडा कोष २३ करोड ६५ लाख र अन्य कोषहरु १३ करोड १० लाख रहेको छ । सहकारीको जम्मा निक्षेप दुई अर्ब ४६ करोड ८३ लाख रुपैयाँ रहेको छ । सहकारीमा रहेको निक्षेप रकममध्ये जम्मा एक अर्ब ६० करोड जसमा ६५ प्रतिशत नियमित बचतको अंश रहेको सहकारीका सचिव मिनप्रसाद पोख्रेलले बताए ।

संस्थाको तिलोत्तमा नगरपालिका वडा नं ३ शंकरनगरमा आफ्नै सुविधा सम्पन्न ३ तल्ले पक्की भवन रहेको छ भने तिलोत्तमा वडा नं ७, भलवारी र रुपन्देहीकै फर्साटिकरमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लामै उत्कृष्ट सहकारीको रुपमा पटक–पटक पुरस्कार र सम्मान पाएको छ ।

सहकारीमा १५ सदस्यीय सञ्चालक समिति, ३ सदस्यीय लेखा समिति र २५ जनाको कर्मचारीसहितको टोलीबाट संस्थामा कार्यसञ्चालन हुँदै आइरहेको छ । आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ ।

आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ ।

वार्षिकोत्सवकै अवसरमा सहकारीले सेवा केन्द्र विस्तार गर्ने र विस्तारित मञ्चमार्फत विभिन्न ठाउँमा वित्तीय साक्षरताका कक्षा सञ्चालन गरेको थियो । मंगलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । यसैगरी वक्तृत्वकला प्रतियोगितामा २३ वटा विद्यालयको सहभागिता रहेकोमा शान्ति नमुना माविकी सर्वदा विक प्रथम, उजिरसिंह माविकी समीक्षा विक द्वितीय, स्मृति बोर्डिङ स्कुलका अर्णव पौडेल तृतिय र स्कलर्स होमका आयुष भुसाल सान्त्वना पुरस्कारबाट सम्मानित भएको सुचना अधिकारि इश्वरी मरासिनीले जानकारी दिए । कार्यक्रम कोषाध्यक्ष पार्थमणी आचार्यको स्वागत तथा सचिव मीन प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।