पूर्वी पाल्पा समाज रूपन्देहीको अध्यक्षमा सुनील श्रेष्ठ

मेचीकाली संवाददाता

१९ माघ २०८०, शुक्रबार
280 shares

बुटवल । पूर्वी पाल्पा समाज, रूपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशन हालै सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनले सुनिल श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा ई.अरुण अर्याल, महिला उपाध्यक्ष बृन्दा भट्टराई आचार्य, महासचिव भोजराज न्यौपाने, सचिव राजेश देवकोटा, कोषाध्यक्ष देवराज खनाल रहेका छन् ।

त्यस्तैगरी सदस्यहरुमा दामोदर घिमिरे, राजेन्द्र कंडेल, गणेश सेढाई, लक्ष्मी अर्याल, मञ्जु बास्तोला, रामचन्द्र खड्का, सदस्य गंगा पंगेनी, सदस्य लक्ष्मण कंडेल ध्रुव कंडेल रहेका छन । साधारण्भासमा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सांसद भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमममा विशिष्ठ अतिथी लुम्बिनी प्रदेश सांसद राजुप्रसाद श्रेष्ठ, इलाका प्रशासन कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख बाबुराम अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी लगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष अरुण अर्यालको स्वागत तथा महासचिव भोजराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन तथा वार्षिक योजना प्रस्तुत गरेका थिए ।

अध्यक्ष श्रेष्ठले पूर्वी पाल्पा समाज क्षेत्रका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले १० लाख रुपैयाँ भन्दा माथिको अक्षयकोष बनाउने जानकारी दिए । त्यस्तै विशेषज्ञ सेवा तथा औषधि वितरण पनि गर्ने गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने, आर्थिक संकलनको लागि रामपुर नाइट सांस्कृति कार्यक्रम गर्ने, उक्त क्षेत्रका विरामीहरुको उपचारको लागि सहजीकरण गर्न एम्बुलेन्स सेवा ल्याउन पहल गर्ने, समाजको शाखा कार्यालय, रामपुरमा नगरपालिकामा स्थापना गर्ने योजना रहेको श्रेष्ठले बताए ।

सम्बन्धित क्षेत्रका आम नागरिकहरूलाई आवश्यक पर्ने अन्य कार्यहरु पनि गर्दै जाने श्रेष्ठको योजना छ । सदस्यता वृद्धि गर्दै लैजाने र समाजमा गोलबन्द गर्दै जाने योजना रहेको छ । साधारणसभा लगतै समाजले मित्र मिलन कार्यक्रम पनि गरिसकेको छ ।