प्रेस चौतारीको स्थापना दिवसमा पत्रकारलाई सहयोग तथा कुर्सी दौड प्रतियोगिता

मेचीकाली संवाददाता

२३ माघ २०८०, मंगलवार
151 shares

पार्वती आचार्य

कपिलवस्तु । प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाले २६औँ स्थापना दिवसको अवसरमा तीन जना पत्रकारलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

रक्त क्यान्सरबाट पीडित प्रेस सेन्टर कपिलवस्तु जिल्ला सदस्य दीपक केसी, सवारी दुर्घटनामा घाइते भएका संचारकर्मी लक्ष्मण सापकोटा र कृष्ण पौडेललाई उपचारका लागि रु १०/१० हजार रुपैयाँ सहयोग गरिएको जिल्ला अध्यक्ष जानु पाण्डेले बताए । स्थापना दिवसको अवसरमा आयोजित चौतारी मिलन कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले जनताको पक्षमा सही सूचना प्रदान गर्नुपर्ने बताए । यस्तै शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले स्थापना दिवसको शुभकामना दिदै प्रेस चौतारिले आम नागरिका सवालमा कलम चलाउदै आएको बताईन् । गाउँगाउँमा जनप्रतिनिधिले गरेका बिभिन्न कार्यहरुमा सत्य तथ्य रुपमा कलम चलाउन पत्रकारलाई आग्रह समेत गरिन् ।

बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले पत्रकार भनेको राज्यको चौथो अंग भएको हुँदा सहि सुचना संम्प्रेण गर्दै आएको र ग्रामिण क्षेत्रका बिषयहरुलाई समेत उठान गर्न आग्रह गर्दै स्थापना दिवसको शुभकामना दिईन् ।

सो अवसरमा महिला पत्रकारका लागि कुर्सी दौड प्रतियोगिता कार्यक्रम गरिएको थियो । प्रेस चौतारि कपिलवस्तु जिल्लाको आयोजनामा वाणगगा नगरपालिका वडा न ७ खारखानिमा कुर्सी दौड प्रतियोगिता गरिएको हो । कुर्सी दौड प्रतियोगितामा प्रथम हुनेमा सरिता थारु , द्वीतिय सिता बेल्बासे र तृतिय स्थान हासिल गर्ने गिता थापालाई पुरस्कार प्रदान गरिएको सह सचिव कुलराज भुषालले बताए ।

यसैगरी चौतारी शिवराज नगर अध्यक्ष दिपक खड्कालाई भारतमा सम्पन्न शारिरीक अपांगता भएका व्यक्तिहरुको टी २० क्रिकेट प्रतियोगिता र ऐतिहासिक पहिलो टेष्ट प्रतियोगीतामा पहिलो पटक उत्कृष्ट प्रदर्शन गरि नेपालको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसरमा शिवराज नगर समितिले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता र बाणगंगा नगर समितिले महिला पत्रकारको लागि विविध खेलकुद कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम जिल्ला अध्यक्ष जानु पाण्डेको अध्यक्षतामा जिल्ला उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत तथा सहसचिव कुलराज भुषालको संचालनमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्यहरु, सल्लाहकार, जिल्ला समितीका पदाधिकारीहरु र नगर समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।