न्यू एकेडेमीको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

मेचीकाली संवाददाता

२४ माघ २०८०, बुधबार
280 shares

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको न्यू एकेडेमी बोर्डिङ्ग स्कुलले आफ्नो १९ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस बुधबार सम्पन्न गरेको छ ।

न्यू एकेडेमी बोर्डिङ्ग स्कुलले शैक्षिक परिणामसँगै सामाजिक गतिविधिमा समेत उत्कृष्ट र उदाहरणीय काम गर्दै आएको सैनामैनाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै बताए । न्यू एकेडेमी बोर्डिङ्ग यस क्षेत्रमा शिक्षामा एक अब्बल संस्थाको रुपमा आफ्नो पहिचान बनाउँदै गएको बताउँदै प्रमुख शर्माले अब बिधालयहरुले बिधार्थीलाई असल संस्कार र ब्यवहारीक ज्ञानको बिकास कसरी गर्न सकिन्छ भन्नेतर्फ पनि ध्यान पु¥याउन अति आवश्यक रहेको बताए ।

शिक्षासंगै विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापसमेत अगाडि बढाउन जरुरी रहेको सैनामैनाका उपप्रमुख बिना रानाले बताइन् । पछिल्लो समय प्रविधिले फड्को मार्दै गएकोले प्राविधिक र व्यवहारिक शिक्षा कसरी प्रवाह गर्न सकिन्छ भन्ने तर्फ सरोकारवाला सबैको ध्यान पुग्न आवश्यक रहेको समेत उपप्रमुख रानाको भनाइ थियो ।।

समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यस विद्यालयको स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद पौडेलले बताए । समयको आवश्यकता र मागबमोजिमको शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेतर्फ विद्यालय सञ्चालकहरुले विभिन्न योजना बनाउँदै आएको र यस लागि सम्पुर्ण सरोकार पक्ष र अभिभावकहरुको राय,सल्लाह र सुझावको खाचो रहेको समेत अध्यक्ष पौडेलको भनाइ थियो । विद्यालयलाई यहाँसम्म पु¥याउन सहयोगी सम्पुर्ण अभिभावक, विद्यार्थी, शिक्षकशिक्षिका, विद्यालयका कर्माचारी एवं सरोकार सबैमा अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरे ।

विद्यालयले विद्यार्थीहरुलाई पठपाठनमा मात्र नभइ खेलकुद तथा मनोरञ्जनात्मक प्रतियोगिताहरुमा पनि सहभागी गराउँदै आएको र विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्ट नतिजा दिँदै आएको बिधालयका प्रधानाध्यापक टोपलाल भट्टराईले बताए । कार्यक्रममा दिप बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक टिकाराम न्यौपाने, अक्सफोर्ड बोर्डिङ्ग स्कुलका प्राचार्य दिनेश भुषाललगायतले शुभकामना मन्तव्य दिए ।

कार्यक्रमको अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरेको थियो । विद्यालय परिसर सैनामैना–२ मा सम्पन्न कार्यक्रममा स्कुलका एकेडेमिक चिप नवीन प्रभुको स्वागत रहेको थियो भने विद्यालयका शिक्षक नवराज भुषालले कार्यक्रम सञ्चालन गरेका थिए ।