रेडक्रसले विपदमा उल्लेखनीय काम गर्दै आएको छः प्रमुख कोइराला

मेचीकाली संवाददाता

२९ माघ २०८०, सोमबार
222 shares

अनिल नेपाली
अर्घाखाँची । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले आफ्नो ५० औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वणर््ा जयन्ती मनाएको छ । शाखाले सोमबार जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले रेडक्रस समाजसेवाको महत्तपूर्ण आधारशीला भएकोले संस्थालाई राजनीतिकरण नगरी समाजसेवाको महत्वपूर्ण स्थल बनाउन हाग्रह गरे ।

स्मारिका विमोचन सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पङ्गेनी ,सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, मालारानी गाउँ पालिका उपाध्यक्ष दिपा पोख्रेल, छत्रदेब गाउँपालिकाका उपाध्यक्ष मनि पन्थी, अर्घाखाँची अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अशोक शाह, रेडक्रस लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष शम्भु पोख्रेल, नेपाली काङ्ग्रेस अर्घाखाँचीका सचिव कृष्णप्रसाद खनाल, नेकपा ( एमाले ) लुम्बिनी प्रदेश सदस्य केबि भुसाल, नेकपा ( माओबादी केन्द्र ) लुम्बिनी प्रदेश सदस्य ठाकुर सौराग, रास्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरिप्रसाद भुसाल, राप्रपाका जिल्ला सचीव महेन्द्रकुमार श्रेष्ठ, नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका नेता भिमलाल आचार्य, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार महासंघका अध्यक्ष तथा अन्य संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा सस्थाका विशिष्ट सदस्य रक्तदाता हरु लाई सम्मान गरिएको छ । विपद् मानवीय सेवा, सामुदायिक विकास, रगत तथा बल्ड बैंक स्थापना, एम्बुलेन्स संचालन द्वन्द्व ग्रस्त क्षेत्रहरुलगायतमा कामगर्ने यस संस्था नेपालमा २०२० साल भाद्र १९ गते स्थापना भइ अर्घाखाँचीमा पनि २०३० माघ २९ गते स्थापना भएको थियोे । आइतबार आयोजित रक्तदान कार्यक्रममा एकसय बहत्तर जनाले रक्तदान गरेका थिए । कार्यक्रम जिल्ला शाखा सभापति कुशल भुसालको अध्यक्षता, उपसभापति चन्द्रप्रसाद बन्जाडेको स्वागत मन्तव्य तथा मन्त्री तुल्सीराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।