बुटवल । आधुनिकता बढ्दै जाँदा परम्परागत कला र संस्कृति लोप हुन लागेकोले विधार्थीहरुमा सो भावना जागृत गराउने उद्देश्यले तिलोत्तमा–४ स्थित ज्ञानगंगा पाठशालाले शुक्रवार कल्चर फेस्टिबल गरेको छ ।
विद्यार्थीहरुको सर्वपक्षिय विकासका लागि सुरु गरिएको बृहत् शैक्षिक महोत्सव अन्तर्गत शुक्रबार कल्चर फेस्टिबल सम्पन्न गरेको हो । कार्यक्रम उदघाटन गर्दै प्रमुख अतिथि संसद बासुदेव घिमिरे ले कला सस्कृति को प्रवर्धन र नयाँ पुस्तालाई यसका बारेमा जनकारी दिन बिधालयले गरेको कार्यक्रम उत्कृष्ट रहेको उल्लेख कक्षा तीन देखि ७ सम्मका बिधार्थीहरुले गायन नृत्य नाटक र दोहोरी समेत प्रस्तुत गरेका हुन ।
विद्यालयले सम्पुर्ण विद्यार्थी हरुको पुर्ण सहभगिता रहने गरी फाल्गुन ७ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी बृहत् शैक्षिक महोत्सव मनाउन लागेको प्राचार्य चन्द्र अधिकारीले जानकारी गराए । कार्यक्रम हरुमा अभिभावक हरुको समेत उल्लेख्य सहभागिता रहने प्रबन्ध निर्देशक युवराज न्यौपानेले बताए । यस्तै शनिवार जिल्लास्तरीय अन्तर मावि अन्डर १६ ब्याडमिन्टन प्रतियोगिता रहेको र रुपन्देही भरीका १६ विधालयको सहभागिता रहनेछ ।
७ गते खाना महोत्सव, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी सहित विद्यालयको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् शैक्षिक महोत्सवको समापन समारोह रहेको समेत विद्यालयले जानकारी गराएको छ । गुणस्तरीय शिक्षाले विद्यालय विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको शिक्षक कूलचन्द्र पुरीले जानकारी दिए ।