नाटु लुम्बिनीद्धारा कार्ययोजना तथा सांगठनिक प्रशिक्षण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

६ फाल्गुन २०८०, आईतवार
177 shares

बुटवल । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) लुम्बिनी प्रदेशको आयोजनमा एक दिने प्रदेशस्तरीय कार्ययोजना तथा सांगठनिक प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल अटो मेकासनिक्स ट्रेड युनियन (जिफन्ट) सचिव हरिबहादुर कार्कीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु नहुँदा श्रमिकहरु मारमा परेको बताए । सामाजिक सुरक्षा कोष लागु गर्न टे«ड युनियनले निरन्तर दवाव दिँदा पनि सरकारले अझैसम्म पूर्णरुपमा सामाजिक सुरक्षा कोष लागु गर्न नसकेको बताए ।

नेपाल अटो मेकानिक्स टे«ड युनियनका निवर्तमान अध्यक्ष जीवन अधिकारीले अटो मेकानिक्सको क्षेत्रमा नयाँनयाँ प्रबिधिका गाडीहरु आएको हुँदा श्रमिकहरुलाई क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताए । नयाँ प्रबिधिसँग सबै अपडेट हुन जरुरी रहेको बताउँदै नेपाल टे«ड युनियले विगतदेखि बिभिन्न खालका तालिमहरु सन्चालन गदै आएको बताए । टे«ड युनियनले लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ पालिकामा प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स टे«ड युनियन केन्द्रीय अध्यक्ष प्रदिव घिमिरे, पूर्ब अध्यक्ष नारत पाण्डे, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम प्रदेश अध्यक्ष दिलबहादुर क्षेत्रीको अध्यक्षयता, उपाध्यक्ष लक्षमण भण्डारीको स्वागत र गोपाल कुँवरको सन्चालनमासम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।