साझा प्रयास अभियानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

मेचीकाली संवाददाता

८ भाद्र २०७८, मंगलवार
1023 shares

पार्बती आचार्य
कपिलवस्तु । साझा प्रयास अभियानले कपिलवस्तु नगरपालिकाको कोभिड अस्पताललाई प्रभावकारी बनाउनका लागि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । साझा प्रयास अभियानका संरक्षक बिकास प्रेमी कपिलबस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ता सावलाई प्रमुख जिल्ला अधिकारी चक्रपाण्ी पाण्डेद्वारा सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । ‘अक्सिजन बिना कोही मर्न नपरोस’ स्वास्थ्य सामाग्रीको अभावमा कोही उपचारबाट बञ्चित हुन नपरोस भन्ने नाराका साथ संचालन भएको साझा प्रयास अभियानले एक कार्यक्रमको आयोजना गरी रु. ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

गत बैशाख २५ गते देखी सुरु भएको साझा प्रयास अभियानले तीन महिना सम्म निरन्तर गरेको कामको आर्थिक तथा प्रगती प्रतिबेदन समेत सार्बजनिक गरेको छ । कोरोनाको दोश्रो भेरियन्टबाट जिल्लामा बिरामीहरुको चाप बढ्दै जानुका साथै अक्सिजन नपाएर अस्पतालमा बिरामीहरु छटपट्ी रहेको देखेपछि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र कपिलबस्तु अस्पत्तालका मेसु किशोर बञ्जाडेसंगको समन्वय र सल्लाहमा अभियान संचालनमा ल्याईएको साझा प्रयास अभियानका संयोजक रविन्द्र नाथ ठाकुरले बताए ।

शुरुमा यस जिल्लाका सामाजिक तथा व्यबसायीक, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुको साझा मञ्च नै साझा अभियान भएको हुँदा कामको जिम्मेवारी बाँडफाड गरेर कामको शुरुवात गरिएको संयोजक ठाकुरले बताए । नगरपालिका, गाउँपालिका, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ , प्रेश युनियन, निर्माण ब्यबसायी संघ, औषधी ब्यबसायी संघ, र उद्योग ब्यबसायी संघ लगाएतको सहयोग रहेको थियो । अभियानले स्थानियतहमा रहेको स्वास्थ्य चौकीहरुमा अक्सिजन सिलेण्डर सहित बिभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको थियो । मानबिय क्षेती हुनबाट केही कम गर्नका लागि उक्त अभियान संचालन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले साझा प्रयास अभियानले गरेको कामको प्रसंसा गरेका थिए । मानविय क्षेती हुन नदिनका लागि सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यबाद दिएका थिए । साथै जिल्लाको स्वास्थ्य अवस्था सुदृढ गर्न स्थानीय सरकार लगायत सबैको सहयोगको खाँचो रहेको हुँदा सबैले हातेमालो गर्न आबश्यक भएको बताए ।

जिल्लामा शव बहानको ठुलो समस्या छ । शव वहानको ब्यबस्था नहुँदा कोभिडबाट ज्यान गुमाएका को शवको ब्यबस्थापनमा कठिनाई भएको हुँदा यस तर्फ पनि ध्यान जान जरुरी छ । कोभीडको दोश्रो लहरको समयमा आफ्नो ज्यान को प्रवाह नगरी राम्रो सेवा दिएका ७ जना एम्बुलेंस चालक जनालाई प्रमुख जिल्ला अधिकारीद्वारा दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । बिशिष्ट अतिथी नगरपालिका उपप्रमुख लक्ष्मी गुप्ता सावले स्वास्थ्य सामाग्री बुझदै साझा प्रयास अभियानले गरेको कामको प्रशंसा गरिन् । अस्पत्तालका लागि उपलब्ध भएको स्वास्थ्य सामाग्रीहरुको सही सदुपयो हुने बिश्वास ब्यक्त गरिन् ।

यस्तै साझा प्रयास अभियानका सचिव तथा लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले बैशाख २५ गते देखि सुरु भएको साझा प्रयास अभियान को ‘कोभिड दोश्रो लहरको प्रतिकार्य’ ‘कोभिडको तेश्रो लहरको बचाउँ कार्य’ यात्रा जारीनै रहेको बताए । सामाजिक तथा ब्यवसायिक संस्थाहरु संग समन्वय गरी आक्सीजन सिलेण्डर र कन्सन्ट्रेटर, स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने कार्य गरियको थियो ।

यसैगरी समाजसेवी राजु प्रसाद अर्यालले साझा अभियानको कार्य नेपाल अधिराज्यमा प्रसंसनिय भएको बताए । यस अभियानले जागरुक भएर कार्य गरेकोमा धन्यबाल दिंदै देश बिदेशमा रहेर सहयो गर्ने दाताहरुलाई समेत धन्यबाद दिएका थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले कोरोनाको महामारीका बेला सहयोग संकलन गर्दा धेरै आरोह अवरोह टिकाटिप्पणी खेप्नु परेको बताए । अब तेश्रो भेरियन्टलाई रोक्नका लागि सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए ।

आर्थिक तथा प्रगती प्रतिबेदन प्रस्तुत गर्दै अभियानका कोषाध्यक्ष गोपाल भण्डारीले कपिलवस्तु नगरपालिका र साझा प्रयास अभियानको साझेदारीमा सामुदायिक सरुवा रोग अस्पताल निर्माण कार्यको सुभारम्भ गर्ने लगाएतको लक्ष्य रहेको बताए । निकट भविष्यमा जिल्ला अस्पतालमा थप ५ बेड आईसियु हस्तांतरण गर्ने संकल्प लिईएको छ । मृत्यु पश्चात सम्मान पुर्बक दाहसंस्कार हुन पाउने अधिकार हुदाँ हुदै नगरपालिकाको फोहर फाल्ने ट्रेक्टरबाट शव ब्यबस्थापन गर्नु परेको हुँदा अस्पतालको साझेदारीमा सव बाहन संचालन गर्ने योजना रहेको साझा प्रयास अभियान कपिलबस्तुले जानकारी दिएको छ ।

कार्यक्रम साझा प्रयास अभियानका संयोजक रविन्द्रनाथ ठाकुरको अध्यक्षतामा प्रमुख जिलला अधिकारी, कपिलबस्तु नगपालिकाका उपप्रमुख, नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ता, ईन्सेक प्रतिनिधी, माहुरी होमका माहासचिव, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, सहयोगीदाताहरु, पत्रकार, एम्बुलेन्स चालकहरु लगाएतको सहभागितामा कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।