शैक्षिक परामर्श संस्था प्राञ्जल बुटवलमा

मेचीकाली संवाददाता

३२ जेष्ठ २०८२, शनिबार
137 shares

बुटवल, जेठ ३१ । विगत १६ वर्ष लामो समयदेखि काठमाडौंमा केन्द्रीय कार्यालय रहेर वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको प्राञ्जल एजुकेशन कन्सल्टेन्सी प्रा.लिले बुटवलको मिलनचोकमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । शाखाको शनिबार एक कार्यक्रमकाबीच शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेले समुद्घाटन गरे । सो अवसरमा बोल्दै पाण्डेले विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई थप उपयुक्त परामर्शदाता बुटवलमा उपलब्ध भएको उल्लेख गरे ।
सो अवसरमा शुभकामना व्यक्त गर्दै इक्यान रुपन्देहीका पूर्व अध्यक्ष देव कुंवरले परामर्श सेवालाई थप विश्वसनीय बनाएर अगाडि बढ्न सुझाव दिए । अस्ट्रेलिया, यूके, आएरल्याण्ड, क्यानडा, न्यूजील्याण्ड तथा यूएसए अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिँदै आएको यस कन्सलट्यान्सीले बुटवलमा पहिलो शाखा बिस्तार गरेको कार्यकारी प्रमुख बासुदेव दाहालले जानकारी दिए । बुटवलमा वार्षिक २०० विद्यार्थीपरामर्श सेवा उपलब्ध गराएर वैदिशक अध्ययनका लागि पठाउन सफल भएको बताउँदै उनले अब यो सेवा बुटवलबाट पनि उपलब्ध गराइने उल्लेख गरे ।
विद्यार्थीहरुको माग र सहजताका लागि बुटवलमा शाखा विस्तार गरी काम गर्न लागिएको बुटवल शाखाका सञ्चालक शुनीललाल जोशीले जानकारी दिए । विगत २२ वर्ष लामो समयदेखि परार्शको क्षेत्रमा काम गर्दै आएका उनले प्राञ्जलको बुटवलमा शाखा बिस्तारले धेरै विद्यार्थी लाभाम्वित हुने अपेक्षा गरे ।