

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०८२ को अवसरमा लागुऔषधविरुद्ध तीन महिने जनचेतनामूलक अभियानको समापन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजन र जिल्ला प्रहरी कार्यालय कपिलबस्तु, यशोधरा गाउँपालिका तथा सुरक्षा निकाय, शिक्षा क्षेत्र, स्थानीय तह, नागरिक समाज र युवाहरुको सहकार्यमा लागुऔषधको दुरुपयोग र अवैध कारोबारबारे जनस्तरमा सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो ।

कार्यक्रममा तीन महिने अभियानअन्तर्गत गरिएको गतिविधिहरू विद्यालयस्तरीय सचेतना कक्षा, सडक नाटक, ¥याली, ब्यानर प्रदर्शन, अन्तत्र्रिmया कार्यक्रमलगायतका विवरण प्रतिवेदनको रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, युवा समूहका प्रतिनिधि तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लागुऔषध दुरुपयोगविरुद्ध सन्देशमूलक नृत्य, गीत तथा नाटकसमेत प्रस्तुत गरिएको थियो । अभियानमा सक्रिय योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रमका सहभागिहरुले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे । यस्ता कार्यक्रमले समुदायमा लागुऔषधसम्बन्धी संवेदनशीलता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा यस्ता प्रयासलाई अझ सशक्त बनाउन प्रेरणा प्रदान गर्ने आयोजकको विश्वास छ ।