ज्ञानगंगा पाठशालामा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

मेचीकाली संवाददाता

१८ असार २०८२, बुधबार
1005 shares

बुटवल । तिलोत्तमा नगरपालिका–४ स्थित ज्ञानगंगा पाठशालामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

बुधबार आयोजना गरिएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य चन्द्र अधिकारीले विभिन्न चुनौतीका बिच पनि विद्यार्थी, शिक्षकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपाने, सहप्राचार्य केशबराज पन्त, मावि संयोजक निर्मला थापा, अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोका, शिक्षकहरु नाजनिम बेगम, लक्ष्मी जिसी, कमल थापा, विद्यार्थी आर्जु बेगमलगायतले आआफ्नो भनाई राखेका थिए ।

विद्यालयका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता तथा शिक्षक कुलचन्द्र पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।