

बुटवल। मोनालिसा ब्यूटी होम एण्ड टे«निङ्ग सेन्टर बुटवलको २२ औँ वार्षिकोत्सव, प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि बेसिक र एडभान्स कोर्ष पूरा गरेका ७५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरीएको हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पूर्व मन्त्री सुरेन्द्र आचार्यले प्रशिक्षार्थीलाई ब्यूटिसियन उतिर्णको प्रमाणपत्र वितरण गरेका थिए ।
सोही अबसरमा बोल्दै महामन्त्री आचार्यले महिला सक्षम हुन शिक्षासँगै सिप पनि आवश्यक रहेको बताए । पछिल्लो समय महिलाहरु जुनसुकै क्षेत्रमा पनि अब्बल हुँदै गएको बताएँदै उनले संसारको जुनसुकै कुनामा ब्यूटिसियनको महत्व रहेकोले जीवन निर्वाह गर्ने पेसाको रूपमा अवलम्बन गर्न सुझाव दिए । यस्ता तालिमले भविश्यमा आयआर्जनमा टेवा पुग्ने विस्वास व्यक्त गर्दै यस्ता तालिमहरुमा गाउँगाउँमा रहेका महिला दिदिबहिनीहरुलाई पनि समेट्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा मोनालिसा ब्यूटि होम एण्ड टे«निङ्ग सेन्टरका सञ्चालक शान्ती शर्माले महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरु नै आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिपमुलक ब्युटी पार्लर तालिम सञ्चालन गरिएको बताइन् । हालसम्म मोनालिसाबाट २० हजार बढी ब्यूटिसियन उत्पादन भइसकेको उनले दावि गरीन् । तालिमबाट सिप सिकेर महिलाहरु आयआर्जन गर्न आत्मनिर्भर बन्न सक्ने शर्माले बताइन् । सिपले महिलाको पहिचान स्थापित गर्ने बताउदै महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिकेर आर्थिक विकास गर्नुपर्नेमा उनले जोड दिईन् ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, प्रदेश सदस्य बालकुमारी भण्डारी, सावित्रा टण्डन, रिता सेन, सुमित्रा आचार्य, नगर सचिव गंगा पन्थी लगायतले बोल्दै सिप भएपछि जीवन जिउन सहज हुने र सिप सिकेको प्रमाणपत्र लिने मात्र नभएर यसको गरिमा बढाईराक्न सिकेको कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजना तथा मोनालिसा ब्यूटि होमको व्यवस्थापनमा ४५ दिने बेसीक तथा दीपशिखा ब्यूटिपार्लरको व्यवस्थापनमा ३० दिने एडभान्स ब्यूटिसियन तालिम सञ्चालन गरीएको थियो । जसमा बेसीकतर्फ ३० जना, एडभन्सतर्फ २५ जना र ६ महिने कोर्षमा २० जनाको सहभागिता रहेको थियो । उक्त तालिममा बरिष्ठ ब्यूटिसियन शान्ती शर्मा, सरिता गिरी, कविता पराजुली, दीपा थापा लगायतले प्रशिक्षण दिएका थिए ।
सोही अबसरमा सौन्दर्यकला व्यवसाय संघका केन्द्रीय सदस्य जेनी श्रेष्ठ, ब्यूटिसियन उषाकिरण गुरुङ, रुेनु श्रेष्ठ, रेनु कर्माचार्य, अनिता खत्री लगायतलाई सम्मान गरीएको थियो । कार्यक्रमको सञ्चालन सरिता गिरीले गरेकी थिइन् ।