रोजगारमुलक शिक्षामा आस्थमको जोड, ७ हजारले पाए रोजगार

मेचीकाली संवाददाता

२४ असार २०८२, मंगलवार
130 shares

मिलन गाहा

बुटवल । आजको युगमा एकजानाको रोजगारीले सबै परीवार पाल्न मुस्कील पर्छ । जमाना महंगी छ तर आम्दानीका श्रोतहरु भने यथाबत नै हुँदा दैनीकी गुजारा गर्न निर्क कठीन रहेको छ ।
यस्तो बेलामा कुनैपनी शिप बिनाको रोजगार समभब छैन जब मानीस दक्ष हुदैनन् उस्ले पाउने पारीश्रमीक जमीन आस्मानको फरक पाउन सकीन्छ । आजका दिनमा दैनीक हजारौ युवाहरु श्रम बेच्नका लागी बिदेशीनु बाध्यता जस्तै बनेको छ ।

स्वदेशमा रोजगार छैन र स्वरोजगार गर्ने परम्परा पनी कमै छ । आफ्नै देशमा सानो तिनो काम गर्ने प्रचलन पनी कम छ । र सरकारको निती र कर्मचारीको काम गर्ने शैली ठिक नभएको नागरीकहरुको गुनासो छ । स्वदेशमा केही गर्नका लागी झन्झटीलो प्रकृया र प्रोत्साहन हुन सकेको छैन भएका पनी बिस्तारै पलायन भएको अबस्था छ । लगानी फर्काउन समस्या र अन्तराष्ट्रीय बजारमा प्रतीष्पर्धा गर्न नसक्ने खुला सिमाना र याहा तैनाथ बिभीन्न सुरक्षा र यसको काम गर्ने शैलीबाट उधोगी ब्यबसायी धरासयी अबस्थामा रहेको छ । बैकको चर्को ब्याजपनी उधोग ब्यबसाय फस्टाउन नसकनु यसका केही कारक मानीन्छन् ।
मुलुकको यस्तो अबस्थाले रोजगारमा निकै समस्या छ । गास बास र कपासको ग्यारेन्टी जनताका नैसर्गीक अधीकार मानीएपनी यसको कार्यान्वयनमा समस्या छ ।

यही कुरालाई मध्यनजर गरी प्राबीधीक शिक्षामा जोड दिएको एसीएन स्कुल अफ होटल म्यानेजमेन्ट आस्थमले २०६० देखी प्राबीधीक शिक्षामा आफ्नो उपस्थीती जनाएको हो । जिबनभर पढेर केही शिप नहुंदा कागजको खोस्टा बिना शिपको उपाधी बोकेर जागीर पाउन मुश्कील छ ।
२०६० सालमा एशिएन ट्रेनिङ्ग एकेडेमीको नाम बाट स्थापाना भएको एक सानो ईन्सिटिच्युट २०६२ सालमा एशियन स्कुल अफ होल एण्ड टुरिजम म्यानेजमेन्टमा परिवर्तन भयो । स्थापना देखिनै होटल व्यावस्थापन संग संमवन्धीत विभिन्न विषयमा छोटो अवधीको तालिमहरू शसुल्क संचालन गर्दै आएको छ । यसले नेपाल सरकारका विभन्न मन्त्रालय र निकायका साथै विभिन्न दातृ निकायको सहयोगमा बेरोजगार र सीपविहिन युवाहरूलाई निशुल्क तालिम पनि संचालन गर्दै आएको छ ।

हाल सम्म देश भरका ४७ जिल्लामा घुम्ती तालिम स्थल स्थापना गरेर ६१ जिल्लाका करिब १० हजार युवा हरूलाई सफलतापुर्वक शसुल्क र निशुल्क तालिम प्रदान गरेको छ ।
पर्यटन ब्यबसाय प्रबद्धनमा यस्ता खाले शिप र श्रमले आफु बाच्ने र अरुलाई बचाउने काममा निकै सहयोगी बनेको छ । यसका साथै राज्यमा आम्दानीको श्रोतका रुपमा समेत परीचीत छ ।

प्राबीधीक शिक्षाका रुपमा बुटवलको पहिलो संस्थाको रूपमा स्थापित यस कलेजले सन २०१४ मा LCCI lGobal Qualification संगको आवद्धतामा नेपालमै पहिलो पटक Diploma in Hospitality Management (DHM) कोर्स बुवलमा शुरू गर्यो । २०१५ देखी २१ महिने Advance Diploma in Hospitality Management (ADHM) र २०२१ देखी सञ्चालनमा रहेका छन् ।

त्यकारण कारण नेपालमा संचालित डिप्लोमा कोर्षहरू मध्ये यो कोर्ष मात्र अन्तराष्ट्रिय मान्यताप्राप्त एकमात्र कोर्ष हो । १२ कक्षा सहित ADHM Pass गरेका विधार्थीहरू युके, युरोप, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका क्यानडा, युएई, ईण्डियामा हसपिटालिटी विषयको ब्याचलर तेस्रो, चौथो र पाँचौ सेमेस्टरमा क्रेडिट ट्रान्सफर गर्न सक्ने नेपालको एकमात्र कोर्ष हो ।

यसरी नेपालमा अधययन गरेर अन्तराष्ट्र«ीय मान्यता पाउन सहज हुने र बिकाउ शिक्षाका रुपमा होटल म्यानेजमेन्ट रहेको छ ।
याहा अध्ययन गरेका बिधार्थीहरु बिष्व बजार सहीत नेपाली श्रम बजारमा समेत काम गर्दे आएकाले रोजगारमा ग्यारेन्टी रहेको आस्थमका सञ्चालक जिएस तमुले बताउनुहुन्छ । यस्ता कलेजहरु बुटवलमा हुदा बिधार्थीहरुलाई अध्ययनमा सहजता भएको छ ।

आस्थम जस्तै अन्य कलेजहरु पनी दक्ष जनशक्ती उत्पादनमा योगदान दिदै आएका छन् । आगामी दिनमा नेपाल सरकारले शिक्षा नितीमा परीबर्तन गर्न आबस्यक छ र शिक्षामा लगानी मुलुकमा रोजगारीका लागी माध्यामीक तहसम्म आउदा केही बनाउन सक्ने जनशक्ती उत्पादनले मुलुक निर्माणमा सहयोग नै पुग्नेछ । घाम तापेर दिन बिताउने र तलबका लागी आन्दोलन होईन मुलुकका लागी योगदान र दक्ष शिक्षकहरु आजको आबस्यकता हो । मुलुकका लागी दक्ष जनशक्ती उत्पादन नै बिकाशको कडी हो ।

यसरी प्राबीधीक शिक्षा अधययन गरेर बिष्व बजारमा याहाका जनशक्तीहरुले काम गर्दा मुलुकमा रेमीट्यान्स आउने र हजारौ आश्रीत परीवारले गुजारा गर्न सफल भएका छन् ।