अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी

मेचीकाली संवाददाता

२९ असार २०८२, आईतवार
29 shares

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको २५ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पारस मरासिनीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । उपाध्यक्षमा प्रकाश न्यौपाने, पशुपति गिरी र आश्विन केसी चयन भएका छन् । सचिवमा शेषकान्त मरासिनी, सहसचिवमा सीता अधिकारी, शिवलाल ठाकुर र अभिषेक यादव, कोषाध्यक्षमा मधुसुदन भुषाल चयन भएका छन् ।

कार्यक्रममा अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका संयोजक रमेश ढकाल, नेकपा (एमाले) कपिलवस्तु अध्यक्ष बाबुराम खनाललगायतले बोल्दै विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ र संगठनको भूमिकाबारे चर्चा गरेका थिए । अनेरास्ववियु कपिलवस्तु अध्यक्ष निशान खड्काले आगामी दिनमा पनि संगठनलाई अझ उचाइमा पु¥याउन सहयोग गर्ने बताए ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य विष्णु घिमिरे, नेकपा (एमाले) जिल्ला सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज सुन्दर पाण्डे, लुम्बिनी प्रदेश कमिटीका सहसंयोजक अन्जित खनाललगायतका नेताहरूको उपस्थिति रहेको थियो । नवगठित नेतृत्वले विद्यार्थी अधिकार सुनिश्चित गर्ने, शैक्षिक क्षेत्रमा सुधार ल्याउने र संगठन विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।