सियारी गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को बजेट सर्वसम्मत पारीत

मेचीकाली संवाददाता

३० असार २०८२, सोमबार
597 shares

तुलसीराम पौडेल –

सियारी,असार ३० 

रुपन्देही स्थित सियारी गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट १७ औ गाउँ सभा अधिवेशनको सोमबार सम्पन्न तेस्रो बैठकबाट सर्वसम्मत पारित भएको छ।असार ९ गते सम्पन्न १७ औ गाउँसभाको दोस्रो बैठकमा पेस भएको आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट तथा कार्यक्रम स्वीकृतिको लागि  गाउँ सभा अध्यक्ष थानेस्वर घिमिरेद्वारा सोमबार सम्पन्न अधिबेशनको तेस्रो बैठकमा प्रस्तुत गर्नुभएको प्रस्तावलाई गाउँसभाका सम्पूर्ण सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।त्यसै गरि गाउँ सभा अध्यक्ष थानेस्वर घिमिरेद्वारा गाउँ सभामा पेस गरिएको  सियारी गाउँपालिकाको बिषयगत समिति निरन्तरता सम्बन्धि प्रस्ताव र अधिकार प्रत्यायोजन सम्बन्धि प्रस्ताव गाउँ सभाले सर्वसम्मत पारित गरेको थियोे ।सियारी गाउँपालिकाले  आर्थिक वर्ष २०८२/०८३ को लागि  ७० करोड ३२ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको थियो ।