नेपाल अटो मेकानिक्स ट्रेड युनियनद्धारा स्थापना दिवसमा रक्तदान कार्यक्रम

मेचीकाली संवाददाता

४ श्रावण २०८२, शनिबार
18 shares

बुटवल । नेपाल अटो मेकानिक्स ट्रेड युनियनले २८ औँ स्थापना दिवसको अवसरमा बुटवलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अटो मेकानिक्स ट्रेड युनियनले स्थापना दिवसको अबसरमा रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । बुटवलका अस्पतालहरुमा रगतको अभाव भइरहने हुँदा रक्तदान कार्यक्रमले ठुलो राहत पुग्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिक्स ट्रेड युनियनका निवर्तमान केन्द्रीय अध्यक्ष जिवन अधिकारीले रगतको अभावले कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । ट्रेड युनियनले विगतका वर्षहरु देखिनै स्थापना दिवसको अबसरमा यस्ता महत्वपूर्ण कार्यक्रहरु गदै आएको उनले जानकारी दिए ।

कार्यक्रमबाट ८१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक कृष्ण घिमिरेले जानकारी दिए । कार्यक्रम नेपाल अटो मेकानिक्स ट्रेड युनियन अध्यक्ष गणेश भट्टराईको अध्यक्षयता तथा कार्यक्रम संयोजक कृष्ण घिमिरेको सञ्लनमा सम्पन्न भएको थियो ।