बुटवल । लोक दोहोरी प्रतिष्ठान रुपन्देहीको १७ औं साधारण सभा तथा नवौं अधिबेशनको अबसरमा अग्रज पत्रकार मिलन गाहा सम्मानीत भएका छन् ।
पाल्पाको मदनपोखरामा जन्मेका गाहा रेडियो मदनपोखराको स्थापना सगै पत्रकारीतामा लागेका हुन् । २०५६ बाट आफ्नो पत्रकारीता अभीयानमा बुटवल एफ.एम, समाबेशी रेडियोमा नेतृत्व गर्दै एबीसी टेलीभीजन, लुम्बिनी टेलीभीजन, हाल नेपाल टेलीभीजनमा रुपन्देही सम्बाददाताको भुमीका सहीत दर्जन सञ्चार सस्थासहीत मेचीकाली दैनीकमा समेत आबद्धता रहेको छ ।
लुम्बिनी प्रदेश सरकारको सञ्चार समन्वय परीषदको अध्यक्ष रहेका गाहाले समाज परीबर्तनका लागी निजी स्वार्थलाई त्यागेर समाज परीबर्तनको सम्बाहकको भुमीका निर्बाह गर्दे आएका छन् । पाल्पाबाट रुपन्देही झरेर बुटवल एफएमको स्थापान संगै रुपन्देहीलाई सञ्चारको कर्मथलो बनाएका गाहा आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय सचीब, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय उपाध्यक्ष, मगर पत्रकार संघका केन्द्रीय सचीब, प्रेस चौतारी नेपालका पुर्ब केन्द्रीय सदस्य सहीत सञ्चार सम्बद्ध बिभीन्न संस्थाहरुको नेतृत्व गर्दे आएका छन् ।
पत्रकारीतामा इमान र निष्ठा सहीत आफ्नो करीयर बनाउदै आएका गाहा आदिवासी जनजाती समुदाय र पछाडी परेका बर्ग समुदायलाई राजयको मुलधारमा प्रबाह हुनु पर्ने मान्यता राख्दछन् । समाजलाई आर्थीक बिकास सहीत शैक्षीक परीबर्तन र यो संगै भौतीक बिकाश ले राज्यलाई अगाढी बढाउन मद्धत गर्ने मान्यता राखेका गाहाले देशको बिकासमा कुनै पनी स्वार्थ रहेमा बिकाश सम्भब नहुने कुरामा बिस्वास राख्दछन् । करीब २६ वर्षको सञ्चार यात्रामा गाहा एक आईडल पर्सनालीटी हुन् ।
