लोकदोहोरी गीत प्रतिष्ठान रुपन्देहीमा पदस्थापन

मेचीकाली संवाददाता

१ मंसिर २०८२, आईतवार
27 shares

बुटवल । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीमा पदस्थापन कार्यक्रम आइतबार सम्पन्न भएको छ । एक कार्यक्रमका बीच निवर्तमान अध्यक्ष बिजय सापकोटाले नवनिर्वाचीत अध्यक्ष रितु थापालाई सफल कार्यकालको शुभकामना दिदै पद हस्तान्तरण गरे । हालै सम्पन्न प्रतिष्ठानको १७ औँ साधारणसभा तथा नवौं अधिबेशनबाट थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

सोही अबसरमा बोल्ने बक्ताहरुले कला संस्कृतीको संरक्षणमा सबैको सहकार्य जरुरी रहेकोमा जोड दिएका थिए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिम हमालले संस्थागत तथा ब्यक्तीगत रुपमा सक्दो सहयोग गर्नुपर्ने बताए । कुनैपनी परिर्वतन आफैबाट सुरु गर्नुपर्ने हमालको तर्क छ । उनले नवौं अधिबेशनबाट रुपन्देहीमा सक्षम नेतृत्व आएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

राष्ट्रिय लोक दाहोरी प्रतिष्ठानका केन्द्रीय सचिव दिपक गरौजाले संघको बिकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताउँदै सर्बसम्मत सहमतीमा भएको अधिबेशनमा त्याग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरे । उनले संस्थालाई थप उचाइमा प¥याउन निर्वाचीत सबैले अधिबेशनमा मात्र नभएर अधिक समय संस्थामा समर्पीत गर्न अनुरोध गरे ।

लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगर, केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालसहितका वक्ताहरुले नवनिर्वाचित टिमलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष रितु थापाले संक्षिप्त भनाई राख्दै आफूलाई निर्वाचित गराउन सहयोग र सहकायै गर्ने सबैप्रती आभार व्यक्त गर्दे संस्थालाई संस्थालाई थप उचाइमा प¥याउन आफू सदैब अगाडी बढ्ने बताउँदै सहयोगका लागि सबैलाई आग्रह गरीन् । कार्यक्रम ननिर्वाचीत सचिव दिपक दर्लामी मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।