तुलसीराम पौडेल –
फर्साटिकर, मंसिर ५
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित गणपति बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो ।
गणपति बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष डुकबहादुर पौडेलले साधारण सभाको उद्वाटन गर्नुभयो ।
कार्यक्रम सहकारीका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षता तथा संस्थापक अध्यक्ष डुक बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभामा नदोहिरिने गरि ६५ वर्ष पूरा हुनुभएका शेयर सदस्यहरु तथा शेयर सदस्यका ८० वर्ष पुरा हुनुभएका बुवा आमालाई सम्मान गरिएको थियो ।
शेयर सदस्य सन्तति सम्मान कार्यक्रम अन्तरगत कक्षा १२ मा ३.२१ जि.पि.ए .भन्दा माथि ,स्नातक तह र स्नातकोत्तर तहमा प्रथम श्रेणी ल्याइ पास हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियोे ।त्यसै गरी असल ॠणि र संस्थाका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा शुद्वोदन गाउँपालिका प्रवक्ता एवं वार्ड नम्बर –४ का वडा अध्यक्ष केशव अधिकारी, सल्लाहकार टंकनाथ अधिकारी ,सहकारीका पुर्व अध्यक्ष शिवराम न्यौपाने ,शुद्वोदन सहकारी संजालका अध्यक्ष लेखबहादुर खत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
साधारणसभामा सहकारीका अध्यक्ष गोविन्द घिमिरेबाट अध्यक्ष प्रतिवेदन ,कोषाध्य लालबहादुर पौडेलबाट आर्थिक प्रतिवेदन, लेखासमिती संयोजक लिला गिरिबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सहकारीका संचालक समिति सदस्य ठागे प्रसाद चौधरीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सहकारीका सचिव केशवराज कंडेलले गर्नुभएको थियो ।




