गाउँगाउँमा पुगेर गर्भवतीलाई भिडियो एक्स–रे सेवा दिँदै शीतगंगा नगरपालिका

मेचीकाली संवाददाता

९ मंसिर २०८२, सोमबार
93 shares

गणेश खनाल

अर्घाखाँची । शीतगंगा नगरपालिकाले ग्रामीण भेगका घरघरमा पुगेर गर्भवती महिलाहरुलाई भिडियो एक्सरे सेवा प्रदान गरेको छ । वार्षिक क्यालेन्डर बनाएर आवश्यक चिकित्सक र उपकरणसहित गाउँगाउँमा रहेका गर्भवतीको भिडियो एक्सेरसहित स्वास्थ्य चाँज निःशुल्क रुपमा गर्न थालेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले ०८२/०८३ मा अभियानअन्तगर्त सितापुरमा रहेको स्वास्थ्य चौकीमा १४ जना गर्भवती महिलाको स्वास्थ्य जाँच गरी अभियानको सुरुवात गरिएको बताए । जिल्लाको अति दुर्गम रुपमा रहेका वाडहरु शीतगंगा नगरपालिका पर्ने गर्दछन् । चेकजाँचको अभावमा गर्भवती महिला र शिशुको ज्यान जानबाट रोक्नको लागि नगरपालिकाले यो कार्यक्रम कार्यन्वयनमा ल्याएको हो । विकट बस्तीहरुबाट बजारसम्म आउन नसक्दा अकालमै मृत्यु हुने समस्या रोक्न कार्यक्रम ल्याएको नगर प्रमुख छविलाल पौडेलले जानाकारी दिए ।

भूगोलका हिसाबले नेपालकै ठुलो नगरपालिका रहेको शीतंगगा नगरपालिका, केन्द्रदेखि कुनै एउटा वाडमा पुग्न ३ घण्टाको यात्रा तय गर्नु पर्छ भन्ने पैदल यात्रा गर्दा बिहानदेख यात्रा गर्दा बेलुका मात्र पुग्न सकिन्छ । नगरपालिका कार्यक्रम अधिकृत नुमलाल खनालले स्वास्थ्य सेवाका अतिरिक्त नगरपालिकाबाट प्राप्त हुने सम्पूर्ण सेवासहित वडामा पुगेर सेवा दिएको बताए । १४ वटा वडामा समेत सेवा दिने गरी काम भएको भन्दै पहिलो चरणअन्तर्गत वाड नम्वर ८, ९ र १० मा पुगेर सेवा दिएको खनालको भनाइ रहेको छ ।

एउटै छानामुनि आफ्नै घरमा सबै सेवा पाएपछि स्थानीय खुसीले गदगद भएका छ । सिंहदरवार अधिकार घर घरमा भनेको सुनेको भएपनि आफुहरुले अनुभूति गर्न पाएकोमा स्थानीय मख्ख छन् । नगर उपप्रमुख गीता भाटले सामन्य एउटा सम्झौता गर्न आउँदा ४÷५ हजार तिरेर योजना सम्झौता गर्दा उपभोक्ता हैरानी भएकाले गाउँमै पुगेर सम्झौता गरिदिएको बताइन् । स्थानीय अराज बेल्वासेले गाउँ टोलमा पुगेर सेवा दिने कामले जनतामा केही राहत अनुभूति भएको बताए ।

सितापुरका स्थानीय वासिन्दा गोवद्र्धन थापाले नगरपालिका गाउँबस्तीमा आएर सेवा दिने कार्य निकै सकारात्मक रहेको बताउँदै समयसंगै सेवा र आर्थिक हिसाबले फाइदा रहेको बताए ।