एनपिएलको फाइनलमा पुग्यो लुम्बिनी, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

मेचीकाली संवाददाता

२६ मंसिर २०८२, बिहीबार
18 shares

बुटवल, मंसिर २५ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो । उपाधि भिडन्त भोलि (शनिबार) दिउसो साढे तीन बजे सुरु हुनेछ ।

पहिलोे संस्करण पुछारमा रहेको लुम्बिनी दोस्रो संस्करणमा भने फाइनलमै पुग्न सफल भएको हो । पहिलोे संस्करणमा सुदूरपश्चिम भने उपविजेता बनेको थियो । दोस्रो संस्करणमा लुम्बिनीसँग लायन्स जोडिएपनि प्रतियोगितामा सुस्त गतिबाट शुरुआत भयो । पहिलो खेलमा जित निकालेर लायन्सले गर्जन ग¥यो तर, त्यसपछि तीन खेलमा पराजित भएपछि प्लेअफमा पुग्ने कुनै सम्भावना नै थिएन । तर, पछि लुम्बिनीले जित हासिल गर्दै कछुवा गतिमा विस्तारै अगाडि बढ्ने काम ग¥यो । लिगमा लगातार तीन खेल जितेपछि प्लेअफमा पुग्यो र प्लेअफमा लुम्बिनीले दुई खेल जितेर फाइनलको यात्रा गर्न सफल भयो ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट हुन पुग्यो । सामान्य लक्ष्य भए पनि विराटनगरले खराब सुरूवात ग¥यो । उसले ६ बलको अन्तरमा सुरुवाती तीन ब्याटरलाई गुमायो । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले पहिलो ओभरको पाँचौँ बलमा मार्टिन गप्टिललाई २ रनमा जेजे स्मिटबाट क्याच गराए । अन्तिम बलमा लोशेक बम बोल्ड भए । जसका कारण लुम्बिनीले उत्कृष्ट सुरुवात गर्दै विराटनगरलाई पहिलो ओभरदेखि नै दबाबमा राख्यो । दोस्रो ओभरको तेस्रो बलमा पाफ डु प्लेसिस (३ रन) मा शेर मल्लबाट बोल्ड हुँदा फेरि अर्को खेलमा विराटनगरको टप अर्डर कोल्याप्स्ड भयो । यसअघि पहिलो क्वालिफायरमा सुदुरपश्चिमविरूद्ध पनि विराटनगरको टप अर्डर कोल्याप्स्ड भएको थियो ।

विराटनगरले सातौं ओभरमा चौथो विकेट गुमायो । शंकर राना (७ रन) लाई तिलकराज भण्डारीले बोल्ड गरिदिए । त्यतिबेला विराटनगरले ३० रन जोडेको थियो । त्यसपछि साम हिजलेट र मस्र्याङ डी लाङले पाँचौँ विकेटका लागि २८ रनको साझेदारी गरे तर हिजलेट एघारौं ओभरको अन्तिम बलमा जेजे स्मिटको बलमा दुर्गेश गुप्ताबाट समातिदा विराटनगर संकटमा प¥यो । हिजलेटले ३४ रन जोड्ने क्रममा २८ बलमा खेलेर २ चौका र २ छक्का प्रहार गरे ।
दुई ओभरपछि बसिर अहमद पनि आउट हुन पुगे। उनी ३ रनमा तिलककै बलमा ट्रम्पलम्यानबाट क्याच भए । फेरि पनि विराटनगरले विकेट गुमायो । सन्दीप लामिछाने १३ औं औभरमा ३ रन बनाउँदा अभिषेश गौतमको बलमा सन्दीप जोराबाट क्याच भएका थिए । मस्र्याङ डि लाङ १५ औं ओभरमा १७ रन बनाएर आउट भएपछि विराटनगरको आशा सकियो । २० बलमा १ चौका प्रहार गरेका उनलाई अभिषेशले विकेट पछाडि निरोशन डिक्वेलाबाट क्याच गराए । प्रतिश जिसी पनि नवौं विकेटको रुपमा २ रनमा आउट हुँदा लुम्बिनी जित नजिक पुग्यो । प्रतिशलाई तिलकले डार्शी सर्टबाट १५.४ ओभरमा आउट गरे । अन्तिम विकेटको रुपमा नरेन भट्ट २१ रनमा आउट भए । उनलाई जेजे स्मिटले ट्रम्पलम्यानबाट क्याच गराए । बलिङमा लुम्बिनीका तिलक भण्डारीले ३ विकेट लिए । उनले १५ रन खर्चिए । स्मिट, अभिषेश र ट्रम्पलम्यानको नाममा २–२ विकेट रह्यो । शेर मल्लले एउटा महत्वपूर्ण विकेट लिए ।

टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनायो । लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४५ रन र कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान गरे ।
ओपनर दिनेश अधिकारी १ रनमा आउट भएपछि शर्ट र रोहितबिच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भएको थियो । रोहित १२औं ओभरमा विराटनगरका सुवास भण्डारीबाट बोल्ड भएका थिए । त्यसपछि लुम्बिनीले लगातार विकेट गुमाएको थियो । शर्टले ४५ रन जोड्ने क्रममा ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १४औं ओभरमा डार्शीसहित रोहित र दिनेश गरी शीर्ष तीन ब्याटरको विकेट विराटनगरका सुवास भण्डारीले लिए ।

लुम्बिनीका सन्दीप जोरा र जेजे स्मिट डक आउट भए । जोरालाई कप्तान सन्दीप र स्मितलाई प्रतिश जिसीले क्याच गराए । त्यसपछि दिलिप नाथ १ रनमा आउट भए भने निशोसन डिक्वेलाले २९ रन जोड्न सके । सन्दीपबाट १८ औं ओभरको पाँचौ बलमा क्याच भएका डिक्वेलाले २२ बलमा ४ चौका प्रहार गरे । अन्तिम ओभरको पाँचौँ बलमा शेर मल्ललाई ७ रनमा प्रतिश जिसीले क्याच गराए । रुबेल ट्रम्पलम्यानले नटआउट ११ रन जोडे । बलिङमा विराटनगरका सुवास भण्डारीले ३ विकेट लिँदा ४ ओभरमा १४ रन मात्र दिए । प्रतिश जिसीको नाममा पनि ३ विकेट रह्यो । उनले ४ ओभरमा २७ खर्चिए । कप्तान सन्दीप लामिछानेले २ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिए । खेलका लागि विराटनगरमा दुई परिवर्तन गरेको थियो । नारायण जोशी र सूर्य तामाङको स्थान सुवास भण्डारी र शंकर रानाले खेले । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने पाएको थियो । लुम्बिनीले भने इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको थियो । लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो ।