स्वास्थ्यमा स्थानीय सरकारका कदम

मेचीकाली संवाददाता

२ पुष २०८२, बुधबार
23 shares

टोपलाल अर्याल

गुल्मी । नजिकको सरकारसँग नागरिकका आशा र भरोसा धेरै छन् । गाउँ–गाउँमा सिंह दरवार त्यसैले भनिएको हो । तर, स्थानीय सरकारसँग नागरिकका सवै चाहाना पुरा गर्ने स्रोत र साधन छैन् । उपलब्ध स्रोत र साधनकैबीचमा पनि स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा नागरिकहरुलाई उत्साहित र भरोसा गर्ने बनाएका छन् । त्यो पक्कै पनि प्रयाप्त छैन् । जिल्लाका ११ स्थानीय तहमा १५ शैयाका आधारभूत अस्पताल निर्माण भइरहेका छन् । नजिक सुविधा आउँदा नागरिक स्वभाविक रुपमा उत्साहित छन् । तर, आधारभूत अस्पतातको प्रति आशासँगै चुनौतिको पहाड छ । अहिलेको बजेट व्यावस्थापन अनुसार स्थानीय सरकारले आधाभूत अस्पताल सञ्चालन गर्ननै सक्दैनन् । तर, पनि केही स्थानीय तहले जसोतसो सेवा प्रारम्भ गरेर नागरिकका आशा मर्न दिएका छैनन् ।

गुल्मीदरवार गाउँपालिका
गुल्मीदरवार गाउँपालिकाले भवन पनि जिल्लामा सवैभन्दा पहिला निर्माण ग¥यो । लामो समय भवन अलपत्र परेपछि गत बर्षबाट गाउँपालिकाले जनशक्ति, औषधि उपकरणसहितको प्रर्बन्ध गरेर सेवा प्रबाह गर्न थालेको होे । भवनको उपयोग र नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर आधारभूत अस्प्ताल सञ्चालन गरिएको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले बताए ।

उनले स्थानीय तहको एक्लो प्रयासले अस्पताल अगाडी नबढ्ने भएकाले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरेर काम अगाडी बढाइएको बताए । अहिले अस्पतालमा मेडिकल अधिकृत, फार्मेसी, ल्याव टेक्निसियन, स्टाफ नर्स, हेल्थ असिस्टेण्ट, अहेब र अनमी गरेर १४ जना जनशक्तिको व्यावस्थापन गरिएको छ । अस्पतालबाट दैनिक बिरामी जाँच, भिडियो एक्सरे, ल्याब, फार्मेसी, २४ घण्टे बर्थिङ्ग सेन्टर र सुरक्षित गर्भपतन लगायतका सेवा प्रदान गरिएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए ।

गुल्मीदरवार गाउँपालिकामा पाँच स्वास्थ्यचौकी आधुनिक भवनमा छन् । गुल्मीदरवार गाउँपालिका–४ को बिरबास स्वास्थ्यचौकीको निर्माण हुँदैछ । वडा नं ३ को स्वास्थ्यचौकीलाई समायोजन गरेर आधारभूत अस्पताल सञ्चालन गरिएको अर्यालले बताए । पालिकाभित्र ८३ महिला स्वास्थ्य स्वयसेविका र ५१ जना स्वास्थ्यकर्मचारी रहेका छन् । बर्थिङ्ग सेन्टर चार, सामुदायिक स्वास्थ्य केन्द्र तीन, आधारभूत स्वास्थ्य केन्द्र एक, खोप क्लिनिक २२ र गाउँघर क्लिनिक १४ रहेका छन्् । गाउँमै आधारभूत अस्पताल सञ्चालन भएपछि स्थानीयमा नयाँ आशा जागेको छ । गुल्मीदरवार गाउँपालिका–३ की गीता विकले सामान्य बिरामी भएपनि डाक्टर खोज्दै सदरमुकाम तथा पाल्पा वुटवल झर्नुपर्ने बाध्यता हटेको बताए । गाउँपालिका देशकै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका हो । स्मार्ट आमा, मेरी आमा स्वस्थ आमा लगायतका थुप्रै स्वास्थ्य अभियान मार्फत गाउँपालिकाले काम गरिरहेको छ ।

धुर्कोट गाउँपालिका
धुर्कोट गाउँपालिकाले दुई बर्षदेखिनै आधारभूत अस्पतालको सेवा प्रदान गर्न थालेको छ । धुर्कोट गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर आधाभूत तहको सेवा बिस्तार गरेको हो । अहिले १५ शैयाको अस्पताल निर्माण हुँदैछ । आधारभूत अस्पतालमा तीन जना मेडिकल अधिकृतसहित जनशक्तिको व्यावस्थापन गरेर नियमित स्वास्थ्य बीमासहित बिरामी जाँच, भिडियो एक्सरे, प्रयोगशाला लगायतका सेवाहरु निरन्तर प्रदान गरिएको धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए ।

धुर्कोट गाँउपालिकामा एउटा आधारभुत अस्पताल, ६ स्वास्थ्यचौकी, दुई वटा सामूदायिक स्वास्थ्य इकाई, दुई वटा आयुर्बेद औषधालय रहेका छन् । सबै ११ वटै संस्थाका भवन आवाससहित नेपाल सरकारका मापदण्द अनुसारनै रहेको गाउँपालिकाको दाबी छ । अहिले अस्पताल र सवै स्वास्थ्यचौकीहरुमा बर्थिङ्ग सेन्टर रहेका छन् । ७८ महिला स्वास्थ्य स्वयसेविक र ६ वटा एम्बुलेन्स रहेका छन् । त्यो बाहेक आवश्यक औषधी, उपकरण, वैकल्पिक विद्युत, कम्प्युटर, प्रिन्टर, इन्टरनेट, स्वच्छ पानी र एम्बुलेन्सको व्यावस्थापन गरिएको धुर्कोट गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । निःशुल्क रगतको व्यवस्था, प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा, घर–घरमा ज्येष्ठ नागरीक सेवा, सात वडामै एकीकृत घुम्ती शिविर, वर्षमा दुई पटक विशेषज्ञ स्वास्थ्य शिविर र सुरक्षित गर्भपतन र ओटिसी सेवा धुर्कोट आधारभुत अस्पताल तथा पिपलधारा स्वास्थ्य चौकीबाट प्रदान गरिएको छ । धुर्कोट गाउँपालिका पूर्णखोप, पूर्ण संस्थागत सुत्केरी, पूर्ण पोषणमैत्री, किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था पालिका घोषणा गरिएको छ ।

चन्द्रकोट गाउँपालिका
चन्द्रकोटमा चन्द्रकोट आधारभूत अस्पताल सञ्चालन भएको छ । चन्द्रकोट गाउँपालिका–४ को शान्तिपुरमा १५ शैयाको अस्पताल भवन निर्माण भएपनि उपयोग नहुँदा नागरिक स्तरमा आलोचना भइरहेको थियो । अस्पताल बन्ने जिल्लाका ११ स्थानीय तह मध्ये गुल्मीदरवार र चन्द्रकोटमा सबैभन्दा पहिला भवन निर्माण भएका थिए ।

चन्द्रकोट गाउँपालिका मेडिकल अधिकृतहरुको जोहो गरेर अस्पताल सञ्चालन गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिए । बर्थिङ् सेन्टर, ल्याब र भिडियो एक्सरे आफूहरुसँग पहिले नै भएकाले जनशक्ति व्यवस्थापन गरेर सेवा प्रबाह भएको छ । उनले अस्पताल सञ्चालनका लागि नजिकका शान्तिपुर र हरेवा स्वास्थ्यचौकीबाट जनस्वास्थ्यको काममा प्रभाव नपर्ने गरेर स्वास्थ्योपचारका लागि जनशक्ति व्यवस्थापन गरिएको बताए । पूर्ण खोप सुनिश्चिता, पाँच स्वास्थ्य संस्थाबाट ल्याव तथा बर्थिङ्ग सेन्टर सञ्चालन, अति बिपन्न, अपांग तथा विपन्नलाई निशुल्क स्वास्थ्य बिमा, सुत्केरी हुन स्वास्थ्य संस्था जाने एम्बुलेन्स खर्च निशुल्क, जटिल रोगको लागि १२ हजार यातयात खर्च पनि गाउँपालिकाले व्यहोर्दै आएको गाउँपालिका प्रमुख केसीले बताए । हरेक बर्ष बृहत निशुल्क स्वास्थ्य शिविर, आँखा जाँच तथा शल्यक्रिया, निःशुल्क रगत उपलब्ध गर्ने र रक्तदान शिविर निरन्तर गरिरहेको गाउँपालिकाले जनाएको छ ।

मुसिकोट नगरपालिका
मुसिकोट नगरपालिकाका १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको छ । मुसिकोट नगरपालिकाका सात स्वास्थ्यचौकी, दुई आधारभूत स्वास्थ्य केन्द्र, दुई सामुदायिक स्वास्थ्य केन्द्र र तीन वटा सहरी स्वास्थ्य केन्द्र गरेर १४ वटा स्वास्थ्य संस्था रहेका छन् । ती मध्ये १० वटा संस्थाको आफ्नै भवन रहेको छन् । भवनहरु पनि नेपाल सरकारको मापदण्ड अनुसार ६ वटाको रहेको छ । आठ वटा बर्थिङ्ग सेन्टर रहेका छन् ।

कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्रमा जनशक्ति व्यावस्थापन गरेर बिद्यार्थीहरुको नियमित दृष्टि परीक्षण गर्ने गरिएको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमले जानकारी दिए । नगरभित्र क्षयरोग मुक्त अभियान चलिरहेको छ । नगरबासीको लागि निशुल्क रगत उपलब्ध हुने व्यावस्था मिलाइएको छ । पालिका पूर्ण खोप सुनिश्चत, तीन स्वास्थ्य संस्था किशोरकिशोरीमैत्री आठ वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएकाले पालिकानै घोषणा गर्ने चरणमा रहेको गौतमले बताए । उनले सत्केरी पोषण खर्च, गर्भवती पोषण खर्च, निशुल्क एम्बुलेन्ससहित वामी स्वास्थ्यचौकीमा मेडिकल अधिकृतको व्यावस्था गरेर नागरिकको स्वाथ्योपचार गरिरहेको बताए ।

रेसुंगा नगरपालिका
रेसुंगा नगरपालिकामा चार स्वास्थ्यचौकी, १० आधारभूत स्वास्थ्य सेवा केन्द्र र एउटा शहरी स्वास्थ्य सेवा केन्द्र रहेको छ । तीन स्वास्थ्यचौकीका भवन नेपाल सरकारको मापण्ड अनुसार छन् । आधारभूत र सहरी स्वास्थ्य केन्द्र सवै आफ्नै मापदण्डमा छन् । नगरपालिका पूर्ण खोप सुनिश्चीत, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायूतm पालिका र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थायुक्त पािलका घोषणा भएको नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्तीमगरले बताए ।

नगरपालिकाले जटिल प्रकारका श्वासप्रश्वाससँग सम्बन्धी समस्या भएकाहरुको लागि घर–घरमै अक्सिजन कन्सन्टेटर बितरण गरिरहेको छ । त्यस्तै प्रत्येक स्वास्थ्य संस्थामा पुगेर ग्रामीण अल्ट्रासाउण्ड सेवा, गर्भवती र सत्केरी आमाहरुलाई पोषण प्याकेज र सरसफाई सामग्री वितरण पनि नगरपालिकाले गरिरहेको घर्तीमगरले बताए । उनका अनुसार आँखा उपचारको हकमा मोतियाबिन्दुको समस्या भएकाहरुको निशुल्क, ८३ जना महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलाई निशुल्क स्वास्थ्य बिमा र मासिक ५०० भत्ता वितरण तथा एच.आइ.भी संक्रमितको लागि पोषण प्याकेज प्रदान गरिरहेको बताए । त्यस्तै थर्मोकवुलेटरद्धारा प्रत्येक स्वास्थ्य संस्थामा पाठेघरको मुखको संक्रमित महिलाहरुको उपचार सुरु गर्ने योजनामा नगरपालिका रहेको छ ।

सत्यवती गाउँपालिका
सत्यवती गाउँपालिकाको १५ शैयाको आधारभूत अस्पताल पनि निर्माणको अन्तिम चरणमा हरेको छ । गुल्मीको सत्यवति गाउँपालिकाको बर्सेनी पाठेघर र स्तन क्यान्सरको निशुल्क ‘स्क्रिनिङ’ (भि.आइ.ए) शिविर गर्ने गरेको छ । भर्खरै सत्यवती गाउँपालिकाका जोहाङ्ग, जुनियाँ र लिम्घा स्वास्थ्यचौकीमा गरिएको शिविरमा १९३ जना महिलाहरुले सेवा लिएका थिए ।

सत्यवती गाउँपालिकाका १४ स्वास्थ्यसंस्था रहेका छन् । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सात स्वास्थ्यचौकी, एउटा आधारभूत स्वास्थ्य केन्द्र र पाँच वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् । भण्डारीका अनुसार भार्से स्वास्थ्यचौकी, जुनियाँ स्वास्थ्यचौकी, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, लिम्घा स्वास्थ्यचौकी, ठूलोलुम्पेक स्वास्थ्यचौकी र अस्लेवा स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टर रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक हिमलाल भण्डारीले बताए । मापदण्ड अनुसार तीन सामुदायिक स्वास्थ्य केन्द्र बाहेक सवै स्वास्थ्य संस्थाका आफ्नै भवन रहेका छन् । आउने पुस महिनाभित्र पूर्ण संस्थागत सुत्केरीयुक्त गाउँपालिका घोषणा गर्ने योजनाका साथ वडास्तरमा काम भइरहेको स्वास्थ्य संयोजक भण्डारीले बताए ।

छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिकामा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । गाउँपालिकाले केन्द्रलाई जनशक्ति, औषधी उपकरणमा सहयोग गरेर नागरिकको सेवा गरिरहेको छ । त्यो बाहेक महिला स्वास्थ्य स्वंयसेविकालाई बार्षिक २४ हजार रुपियाँ निबृतिभरण (पेन्सन) दिने गरेको छ । यो निर्णयले छत्रकोटले देशभर लोकप्रियता कमाएको छ । अनिवार्य अवकाश हुनुहुने स्वयमसेविकाहरुले मासिक दुई हजार पेन्सन पाउँदै आएका छन ।

त्यस्तै गाउँपालिकाले महिला स्वास्थ्य स्वयम सेविकामध्ये स्वेच्छिक अवकास लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधि अनुसार ३० हजार रुपियाँ प्रदान गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिए । अहिलेसम्म गाउँपालिकाबाट पाँच जना महिला स्वास्थ्य स्वयमसेविकाले निबृतिभरण पाइरहनु भएको छ । गाउँपालिकामा ८६ जना महिला स्वास्थ्य स्वयसेविका रहेका छन् । छत्रकोट गाउँपालिकाले नयाँ कार्यक्रमको रुपमा “स्मार्ट आमा सम्मान” कार्यक्रम अगाडी बढाएको छ ।

छत्रकोट गाउँपालिका अन्तर्गत एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ५ वटा स्वास्थ्य चौकी र ८ वटा सामुदायिक स्वास्थ्य इकाइ गरी जम्मा १४ वटा स्वास्थ्य संस्था रहेका छन् । साथै एक वटा नागरिक आरोग्य केन्द्र समेत सञ्चालनमा रहेको छ । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा, पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा, वटा वडामा प्याथोलोजी सेवा स्थापना गरी नसर्ने रोग नियन्त्रणका लागि सबै नागरिकलाई निःशुल्क सुगर परीक्षण सेवा बिस्तार गरिएको छ ।
गर्भवती महिलाका लागि निःशुल्क ब्।ल्।ऋ। एबअपबनभ सञ्चालन, सबै स्वास्थ्य चौकीहरूमा मापदण्ड अनुसारका भवन निर्माण सम्पन्न, ६ वटा सामुदायिक स्वास्थ्य इकाइका भवन निर्माण ५ वटा स्वास्थ्य संस्थालाई किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा र स्वास्थ्य केन्द्रको सेवा विस्तार गरी आधुनिक भिडियो एक्स–रे तथा प्याथोलोजी सेवाको विस्तार गरिएको स्वास्थ्य संयोजक पोख्रेलले बताए ।

रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिकामा रुरु प्राथमिक स्वास्थ्य केन्द्र छ । दुई जना मेडिकल अधिकृतसहितका जनशक्तिबाट नागरिकको स्वास्थ्य सेवामा क्षेत्रमा गाउँपालिकाले काम गरिरहेको छ । त्यो बाहेक १५ शैयाको अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको छ । गाउँपालिकाले बिरामी परे घर नजिकै रगत परीक्षणको प्रत्येक वडामा प्रयोगशाला सञ्चालन गरिरहेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम अगाडि बढाएको छ ।

गाउँपालिका र नागरिक लगानी कोषबीच सम्झौता गरेर गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई निबृतिभरण योजना सुविधामा समेटेको गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिए । त्यस्तै आँखा उपचार सहज बनाउन आँखा उपचार केन्द्र स्थापना, घरघरमा स्वास्थ्य, बिशेषज्ञहरुद्धारा बृहत स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु गाउँपालिकाले गरिरहेको ज्ञवालीले बताए । प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्यचौकी ६ र आर्युवेद औषधालय दुई वटा रहेका छन् । यी मध्ये आर्युवेद बलेटक्सारको आफ्नै भवन छैन् । पालिकामा एक एम्बुलेन्स सञ्चालनमा रहेको र एउटा खरिदको चरणमा रहेको । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका, पूर्णखोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको स्वास्थ्य संयोजक इन्द्रदेव पौडेलले जानकारी दिए ।

मालिका गाउँपालिका
मालिका गाउँपालिकाका पनि १५ शैयाको अस्पताल निर्माण भइरहेको छ । पालिकाका आठ स्वास्थ्यचौकी मध्ये सात वटाको नेपाल सरकारकै मापदण्ड अनुसारको भवन रहेका छन् । भने ह्वाङदी स्वास्थ्यचौकी निर्माणको काम अगाडि बढेको छ । गाउँपालिकाका आठ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर सञ्चालनमा छन् ।

तीन वटा सामुदायिक स्वास्थ्य केन्द्र मध्ये अर्जेबेसीको बाहेक दुई संस्थाको आफ्लै भवन रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक तारा जिसी अर्यालले जानकारी दिए । गाउँपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा भइसकेको छ । पोषणमैत्री बन्ने अभियान चलिहरेको छ । गाउँपालिकाले प्रत्येक टोलहरुमा पुगेर आँखा जाँच, शल्यक्रिया तथा अरु रोगहरुको लागि बिशेषज्ञ स्तरको शिविरहरु गरिरहेको अर्यालले बताए । गाउँपालिकाले हरेक स्वास्थ्य संस्थामा तीन/तीन महिनामा ग्रामीण अल्ट्रासाउण्ड सेवासहित अपांगत परिचय पत्र वितरण नियमित रुपमा गरिरहेको छ ।

कालिगण्डकी गाउँपालिका
कालिगण्डकी गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको अन्तिममा रहेको छ । स्वास्थ्यचौकी सात वटा र आर्युवेद औषधालय एक वटा रहेका छन् । नेपाल सरकारको मापदण्ड अनुसारका चार स्वास्थ्य संस्थाको भवन छैनन् । चार स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेका छन् । पूर्ण खोप दिगोपना सुनिश्चीता घोषणा भएको छ । पूर्ण संस्थागत सुत्केरी र पूर्ण पोषण मैत्री स्वास्थ्य सस्था घोषणाको चरणमा रहेका छन् ।

गाउँपालिकामा छोरी जन्मदा १० हजार अनुदान दिने कार्यक्रमले निरन्तरता पाएको छ । छोरी जन्माउन नखोज्नेहरु प्रवृतिको अन्त्यका लागि कार्यक्रम सञ्चालन भएकाले बर्षमा ४०/५० जनाले सुविधा लिने गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र बहादुर थापाले जानकारी दिए । त्यस्तै गर्भवति तथा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममा अन्तरगत उपाध्यक्षले भाले लिएर भेट्न जाने कार्यक्रम निरन्तर छ । आँखा उपचार केन्द्र स्थापना गरेर जनशक्ति व्यवस्थापनको साथ गाउँपालिकाले काम गरिरहेको छ । स्वास्थ्य शिविरहरुलाई निरन्तरता दिने र पालिकाभित्र भुर्तुङ्ग, फोक्सिङ्ग र पूर्तिघाट स्वास्थ्यचौकीमा ल्याब सेवा सञ्चालन गरिएको स्वास्थ्य संयोजक थापाले बताए । हर्मिचौर र भुर्तुङ्ग स्वास्थ्य संस्थामा गर्भवति आवास सुविधा प्रदान गरिएको छ ।

मदाने गाउँपालिका
मदाने गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण भइरहेको छ । मदानेमा स्वास्थ्यचौकी सात, सामुदायिक स्वास्थ्य केन्द्र एक र सामुदायिक स्वास्थ्य इकाइ तीन रहेका छन् । सवै स्वास्थ्यचौकीका भवन नेपाल सरकारको मापदण्ड अनुसार रहेका छन् । सवै स्वास्थ्यचौकी र एक सामुदायिक स्वास्थ्य केन्द्रमा बर्थिङ्ग सेन्टर रहेको छन् ।

मदाने गाउँपालिकाका स्वास्थ्य संयोजक तीर्थराज पन्थीका अनुसार गाउँपालिकाले पूर्ण खोप, पूर्ण पोषणमैत्री स्वास्थ्य सस्था युक्त गाउँपालिका, पूर्ण संस्थागत सुत्केरीयुक्त गाउँपालिका घोषणा र किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिसकेको छ । भनभने स्वास्थ्यचौकी र मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा ल्याव सेवा सञ्चालनमा रहेको संयोजक पन्थीले जानकारी दिए ।

पालिकामा अहिले दुई एम्बुलेन्स सञ्चालनमा रहेका छन् । महिला स्वास्थ्य स्वयसेविका ७२ जना छन् । गाउँपालिकामा आँखा उपचार केन्द्र रहेको छ । बालमैत्री स्थानीय तह घोषणाको योजना अगाडी बढेको छ । बृहत निशुल्क स्वास्थ्य शिविरहरुलाई गाउँपालिकाले निरन्तरता दिँदै आएको छ । नसर्ने रोगलाई न्यूनिकरण गर्न जनस्वास्थ्य अधिकृत नियूतm गरेर अभियान अगाडी बढाइएको स्वास्थ्य संयोजक पन्थीले बताए ।

इस्मा गाउँपालिका
इस्मा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ । पालिकामा स्वास्थ्यचौकी पाँच, आधारभूत स्वास्थ्य सेवा केन्द्र एक, सामुदायिक स्वास्थ्य इकाई तीन र नागरिक आरोग्य केन्द्र एक रहेका छन । पाँच स्वास्थ्यचौकी र एक आधारभूत स्वास्थ्य केन्द्रको मापदण्ड अनुसारको भवन रहेको छ । पालिकाका ६ स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेका छन् । पालिकामा दुई एम्बुलेन्स सञ्चालनमा रहेका छन् । इस्मा पूर्ण संस्थागत सुत्केरीयुक्त गाउँपालिका घोषणा र पूर्ण खोप सुनिश्चीत पालिका घोषणा भएको छ । पूर्ण पोषणमैत्री स्वास्थ्यसंस्थायुक्त पालिका घोषणाको अन्तिम तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक पदमलाल अधिकारीले जानकारी दिए ।

स्त्रीरोग निवारणको लागि १० देखि ५९ उमेरसमुहका महिलालाई निशुल्क सेनेटरी प्याड वितरण, गर्भवति तथा सुत्केरी महिलाहरुलाई निशुल्क फोलिक एसिड आइरन तथा क्याल्सियम वितरण, गर्भवती तथा सुत्केरी महिलाको लागि निशुल्क एम्बुलेन्स, निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, सुत्केरी तथा गर्भवति महिलाको लागि बिपद् कोष स्थापना र स्थानीय घिउ, तेल, अण्डासहितको सुत्केरी पोषण प्याकेज वितरणको कार्यक्रम रहेको स्वास्थ्य संयोजक अधिकारीले बताए । उनका अनुसार ६० बर्ष माथिमा जेष्ठ नागरिकलाई घरमै पुगेर जाँज तथा सुगर र प्रेसरको औषधी वितरण, गरिव तथा बिपन्नको निशुल्क स्वास्थ्य बिमा, स्वास्थ्य संस्थाको सामाजिक परिक्षण, गरिव, विपन्न तथा असाहयको लागि निशुल्क एम्बुलेन्स, दम तथा दिर्घ रोगीको लागि अक्सिजन कन्सन्टेटेर वितरण, कुपोषित बच्चाको लागि ओटिसी सेवा सञ्चालन गरिएको छ ।