एनपिएल सिजन-३: कार्तिक ९ मा पहिलो भिडन्त लुम्बिनी र सुदूरपश्चिमबीच

मेचीकाली संवाददाता

४ आश्विन २०८३, आईतवार
1 shares

बुटवल। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको औपचारिक खेल तालिका सार्वजनिक भएको छ। कात्तिक ९ (अक्टोबर २६) देखि मंसिर ५ (नोभेम्बर २१) सम्म सञ्चालन हुने एनपिएल खेलहरू काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्।

पहिलो खेल कसको र कहिले ?

नेपाल प्रिमियर लिगको उद्घाटन खेल अक्टोबर २६ (सोमबार) का दिन आयोजना हुनेछ। उद्घाटन भिडन्तमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्, जुन खेल दिउँसो ४:३० बजे सुरु हुनेछ। लुम्बिनी र सुदुरपश्चिम अघिल्लो सिजनको फाइनलिस्ट हुन्। जसमा लुम्बिनीले उपाधि जितेको थियो।

कति दिन र कति वटा खेल हुनेछन् ?
– कुल खेल संख्याः प्रतियोगिताभर कुल ३२ वटा खेलहरू (२८ लिग चरण, ४ प्लेअफ फाइनल) हुनेछन्।
– प्रतियोगिताको अवधिः अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म जम्मा २७ दिनको अवधि रहनेछ।
– लिग चरणस् लिग चरणमा ८ वटा टोलीहरू ९लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, र काठमाडौं गुर्खाज० बीच कुल २८ वटा खेलहरू खेलिनेछन्।
– विश्राम दिनः लिग चरणमा अक्टोबर ३०, नोभेम्बर ४, नोभेम्बर ८ र नोभेम्बर ११ गरी कुल ४ दिन विश्राम राखिएको छ।

खेलको समय तालिका
– एक खेल मात्र भएको दिन खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।
– दुई खेल भएको दिनः पहिलो खेलः दिउँसो साढे १२ बजे र दोस्रो खेलः दिउँसो साढे ४ बजे

प्लेअफ र फाइनलको तालिका

लिग चरणका उत्कृष्ट ४ टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन्

– क्वालिफायर १ः नोभेम्बर १७ (मंगलबार) शीर्ष दुई टोलीबीच

– एलिमिनेटर नोभेम्बर १८ (बुधबार) – तेस्रो र चौथो टोलीबीच

– क्वालिफायर २ स् नोभेम्बर १९ (बिहीबार) – क्वालिफायर १ को उपविजेता र एलिमिनेटरको विजेता बीच

– फाइनल: नोभेम्बर २१ (शनिबार)