बुटवल, असोज ५ । सामुदायिक वन समन्वय समिति, तिनाउ९पाल्पाको २३ ओै वार्षिक साधारणसभा तथा १२ ओैं अधिवेशन सोमवार सिद्धबाबा मन्दिरको सभा हलमा सम्पन्न भयो ।
सभामा संस्थाका महासचिव गणेश बहादुर रास्कोटीले वार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष विनोदप्रसाद बस्यालले आर्थिक प्रतिवेदन र अध्यक्ष दलबहादुर गुरुङले चालू आर्थिक वर्षमा सञ्चालन गरिने वार्षिक कार्ययोजना पेश गर्नुभएको थियो ।
दिंवगत हुनुभएका संरक्षणकर्मी लालकुमार श्रेष्ठलाई दलबहादुर गुरुङद्वारा आफ्ना बाबाआमाको स्मृतिमा स्थापित ूलालचन्द्र संरक्षण पुरस्कार९२०८३ू परणोपरान्त उनका परिवारलाई प्रदान गरिएको छ ।
सोही अवसरमा संस्थामा १० वर्षदेखि संस्थामा निरन्तररुपमा क्रियाशील एवम् गतिशील कार्यालय सचिव सरिता गुरुङलाई सम्मान गरिएको थियो ।
सभाका प्रमुख अतिथि तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले वन, वातावरण तथा जैविक विविधता संरक्षणको अभियानमा समन्वय समितिले प्रशंसनीय र उल्लेखनीय कार्य गरेको बताउनुभयो । स्थानीय सरकारले गर्नुपर्ने कार्यमा विशेष सहयोग पुराएकोमा उहाँले समन्वय समितिलाई धन्यवाद समेत प्रदान गर्नुभयो ।
सभामा विशिष्ट अतिथि तिनाउ गापाका उपाध्यक्ष लालबहादुर थापाले संरक्षणमुखी गतिविधिमा पालिकाले हातेमालो गर्न आतुर रहेको बताउनु भयो । कार्यक्रममा तिनाउ गापा प्रवक्ता यादवप्रसाद अर्याल,संस्थाका पूर्वअध्यक्ष एवम् चुनावी प्रयोजनका लागि गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेय,पूर्वअध्यक्ष राजेश श्रेष्ठले संस्थाले जलवायु न्यायका लागि समन्वय समिति गतिशील हुनुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनले प्रेम पाण्डेयको अध्यक्षतामा दुई सदस्यपछि मनोनित गर्ने गरि १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ ।
संस्थाका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले स्वागत र महासचिव गणेश रास्कोटी एवम् सदस्य हरिकला कुमालले सञ्चालन गर्नु भएको थियो ।
