बुटवल । भूमिकास्थान (अर्घाखाँची)–रुपन्देही सम्पर्क समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनबाट यमप्रसाद गैरेको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । नयाँ समितिको उपाध्यक्षमा दोमलाल चुदाली, हेमन्त मरासिनी (हेमन्तराज), गोविन्द खनाल, सुस्मिता पौडेल (आचार्य), गिता खनाल बञ्जाडे, सचिवमा सन्तोष बञ्जाडे, सहसचिवमा डि.बि रायमाझी र कोषाध्यक्षमा ज्ञानप्रसाद पाण्डे चयन भएको निर्वाचन समिति संयोजक कमल खनालले जानकारी दिए ।

यस्तैगरी सदस्यहरुमा दिलप्रसाद श्रेष्ठ, रविन्द्र थापा, शान्ती खनाल, खुम बहादुर पुन, सपना खड्का, रामलाल खनाल, बलराम घिमिरे, प्रकाश गैरे, रमला सिंह, गोविन्द प्रसाद भुसाल र अञ्जना खनाल रहेका छन् । यस्तैगरी लेखा संयोजकमा कृष्णप्रसाद खनाल तथा सदस्यहरुमा रेशम बञ्जाडे र गिता केसी चयन भएका छन् ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले समाजलाई सकारात्मक र रचनात्मक काममा सक्रिय बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिए । उनले सम्पर्क समाजले छोटो समयमै नमुनायोग्य काम गर्न सफल भएको उल्लेख गर्दै रुपन्देहीका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका भूमिकास्थानवासीलाई समाजको माध्यमबाट एकताबद्ध र संगठित गर्न आग्रह गरे ।
नगरप्रमुख थापाले सामाजिक क्षेत्रमा गरिने कामलाई अझ प्रभावकारी बनाउन स्थानीय तहसँग सहकार्य आवश्यक रहेको बताए । उनले आगामी दिनमा सामाजिक सेवाका क्षेत्रमा सम्पर्क समाजसँग सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको प्रतिबद्धता जनाए । उनले समाजले सामाजिक सद्भाव, आपसी सहयोग र भूमिकास्थानवासीबीचको सम्बन्धलाई थप मजबुत बनाउने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मण बेलबासेले वार्षिक प्रतिवेदन पस्तुत गर्दै आफ्नो कार्यकालमा सम्पन्न भएका बिभिन्न कार्यक्रम तथा आगामी योजनाहरुबारे जानकारी गराए । आफुलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै उनले समाजको विकासमा आफू प्रतिवद्ध रहने पनि बताए । कोषाध्यक्ष सन्तोष बन्जाडेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारीत गरेको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका–१३ का जनप्रतिनिधि लालबहादुर गुरुङ, भूमिकास्थान नगरपालिकाका पूर्वउपप्रमुख खडानन्द बेलबासे, भूमिकास्थान–५ का पूर्व वडाध्यक्ष तुल्सी बेलबासे, समाजका सल्लाहकार गिता बञ्जाडे, सल्लाहकार जीवलाल पन्थी, उमलाल बञ्जाडे, अर्जुन गैरे, लक्ष्मण बेलबासे, कमला खनाल, रामप्रसाद भुसाल लगायतले समाजको नयाँ समितिलाई बधाई तथा सफलताको शुभकामना दिँदै समाजका सदस्यहरको हितमा काम गर्न आग्रह गरे ।
सोही अवसरमा समाजका ४६ जना आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । नवनिर्वाचित अध्यक्ष गैरेले समाजलाई थप उचाइमा पु¥याउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले समाजका सदस्यहरुबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै सामाजिक सेवाका कामलाई प्रभावकारी रूपमा अघि बढाउने पनि बताए । कार्यक्रम समाजका उपाध्यक्ष कृष्णप्रसाद मरासिनीको स्वागत, श्रेया बञ्जाडेको स्वागत नृत्य तथा सचिव यमप्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
