बुटवल । यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगी व्यवसायी आबद्ध रहेको बुटवल उद्योग वाणिज्य संघमा नरिश्वर पौडेल निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार टंकप्रसाद गैरलाई २३२ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेलले ८३३ मत प्राप्तगरी विजयी हुँदा गैरेले ६०१ मत पाएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । पौडेलले अब ३ वर्ष उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्नेछन् ।
यस्तै संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले ७२४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी विमलराज भट्टराईले मत ६९८ मत प्राप्त गरे । संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको निर्वाचनमा पौडेल र गैरै समूहले दुई छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए ।
यस्तै गरी संघको उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनले निर्मित कसजुलाई पराजित गरे । श्रेष्ठले ७१२ मत प्राप्त गर्दा कसजुले ६९३ मत पाए । वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी विजयी भएका छन् । उनले बाबुराम विश्वकर्मालाई पराजित गरे । अधिकारीले ७१९ मत प्राप्त गर्दा विश्वकर्माले ७ सय मत पाए ।
महासचिवमा बसन्तप्रसाद ढकाल विजयी भए । उनले जमुना पौडेललाई पराजित गरे । ढकालले ७१४ मत प्राप्त गर्दा पौडेलले ७०२ मत पाइन् । कोषाध्यक्षमा टिकाराम बञ्जाडे विजयी भए । उनले प्रतिक पोखरेललाई पराजित गरे । बञ्जाडेले ३३८ मत प्राप्त गर्दा पोखरेलले ६७३ मत पाए ।
सचिवमा दिपकप्रसाद चापागाईं विजयी भए । उनले काशिराम शार्मा (पौडेल)लाई पराजित गरे । चापागाईंले ७५२ मत प्राप्त गदा शर्माले ६४८ मत पाए । सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) विजयी भइन् । उनले जाकिर हुसेनलाई पराजित गरीन् । पराजुलीले ८६८ मत प्राप्त गर्दा हुसेनले ५४२ मत पाए ।
यसैगरी संघको एशोसिएट सदस्यतर्फ बालकृष्ण पौडेल (७८१) मतसहित निर्वाचित भए । उद्योग सदस्यतर्फको मतगणनामा दीपक बास्तोला र ज्ञानबहादुर पुनले समान ६५६ मत प्राप्त गरेपछि परिणाम टुंग्याउन गोला प्रक्रिया अपनाइएको थियो । दुवै उमेदवारको सहमतिमा गरिएको गोला प्रक्रियाबाट पुन निर्वाचित भएका हुन् । उद्योग सदस्यतर्फ गोपाल टन्डन (६७९, लेखनाथ भण्डारी (६७६), सुनिता शर्मा बञ्जाडे (८३१) मतसहित विजयी भएका छन् । यस्तै वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भटटराई (८२८, रामबहादुर भण्डारी (६६१, सुनिता गिरी (७२७) र उमेश अमात्य (६५४) मतसहित निर्वाचित भएका छन् ।
यस्तैगरी खुल्ला सदस्यतर्पm विजयकुमार बर्णवाल (६२५), विष्णु घिमिरे पन्थ (८४६), विष्णु प्रसाद उपाध्याय (६८७), दीपक घिमिरे (७८८, गोपालप्रसाद बस्याल (६५६, प्रदिप शाक्य (७२३) र सुनिता अर्याल (७६४) मतसहित निर्वाचित भएका छन । यस्तै महिला सदस्यतर्फ मन्जु पुरी गिरी (६२२) र रेनु श्रेष्ठ (६९९) मतसहित विजयी भएका छन् ।
