बुटवल, कार्तिक १५ । नेपालको लागि दुई पाङग्रेस सवारी टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल्स बुटवलले ग्राहकलाई लक्षित गर्दै ‘टीभीएस अचम्मैको महा एक्सचेन्ज’ अफर सञ्चालन गरेको छ । आइतबारदेखि कार्तिक २२ गतेसम्म भाटभटेनी सुपरमार्केट नजिकै बुटवलमा सञ्चालन भएको एक्सचेन्ज अफरमा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएसका दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सकिनेछ ।
टिभिएस अटोमोबाइलका सञ्चालक विशाल जैसवालले अफरअन्तर्गत ग्राहकले खरिद मूल्यसम्म शतप्रतिशत क्यासब्याक, गोल्डेन कीमार्फत विशेष उपहार तथा १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने बताए । त्यस्तै, पुराना सवारीसाधनको उच्चतम मूल्यांकन, पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र सहज फाइनान्स सुविधासमेत उपलब्ध गराइने जैसवालले बताए ।
फाइनान्स सुविधाका लागि नागरिकता र सवारी चालक अनुमतिपत्र भए पुग्ने व्यवस्था गरिएको छ । यसले नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । टीभीएस नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स तथा बालाजी अटोमोबाइल्स बुटवलको आयोजनामा हुने यस महा एक्सचेन्ज अफरले ग्राहकलाई पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ प्रविधियुक्त सवारीसाधन चढ्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
