गुल्मीमा जीप दुर्घटनाः ३ जनाको घटनास्थलमै मृत्यु

मेचीकाली संवाददाता

१३ श्रावण २०७८, बुधबार
774 shares

गुल्मी, साउन १३ । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्युु भएको छ । बुधवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा, वडा नम्बर ५ हरेवाका रेशम कार्की र रेसुंगा नगरपालीका २ बाख्रेछेडाकी ६८ वर्षको सुशिला बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पाण्डेले बताए ।

गम्भीर घाइते चालक गुल्मी चन्द्रकोट गाउपालीका वडा नम्बर ५ बस्ने वर्ष ३५ को बम बहादुर वि.क., द्रकोट गा.पा.–६ बस्ने वर्ष २० की विनिता परियार , शान्तिपुर बस्ने वर्ष ३९ को गगन क्षेत्री र वर्ष २२ को सुनिल वि.क. अवस्था गम्भीर भएकाले थप उपचारको लागि पाल्पा पठाईएको छ ।
यस्तै वर्ष ३३ का गोकुल भण्डारी, वर्ष २३ की मुना भण्डारी र रेसुङ्गा नगरपालिका–२ बस्ने वर्ष २३ की रमिला भण्डारी अवस्था मध्यम रहेकोले जिल्ला अस्पताल गुल्मीमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटना के कारणका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।