

कपिलवस्तु, साउन २० । विजयनगर गाँउपालिकाले सुनौलो हजार दिनका महिलाहरुलाई पोषण किट वितरण कार्य सुभारम्भ गरेको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत सुनौला हजार दिनका महिलाहरुलाई पोषण किट वितरण कार्यको शुभारम्भ गरिएको हो ।
विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गुंगौली र पत्थरदैइया स्वस्थ्य चौकीबाट मंगलबार देखि सो कार्य थालनी गरेको बताए । पोषण किट हस्तान्तरण गर्दै बच्चा जन्मेको १ हजार दिनसम्म आमालाई पोषणको अत्याधिक आबश्यक पर्ने भएकोले पोषणको कोशेली दिने कार्यको थालिनी गरिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।
नियमित गर्भजाँच, बर्थिङ सेन्टरमा सुत्केरी गराउने र सुनौलो हजार दिनका बच्चाहरुलाई सारिरीक र मानसिक रुपमा तन्दुरुस्त राख्नका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु संचालन गरेको बताए । मुख्यमन्त्री कार्यक्रम अन्तरर्गत सरकारको नियमित कार्यक्रम बाहेकको यस कार्यक्रममा पोषिलो कोसेली सहितको ब्याग वितरण गरिएको छ ।
स्वस्थ्य चौकीमा पुगेर नियमित चार पटक गर्भ जाँच गराई प्रसुती गृहमा सुत्केरी गराए बापत नेपाल सरकारबाट पाउने सुबिधा सहित अतिरिक्त पोषिलो खानेकुरामा प्रोटिन पाउडर, च्वनप्रास, मह, घीउ, लगायत आठ किसिमका पोषण किट वितरण गरिने बिजयनगर स्वस्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।