नेपालमै पहिलो ब्लुतुथ जडित टिभिएस एनटर्क–१२५ स्कुटर बुटवलमा लञ्च

मेचीकाली संवाददाता

२१ श्रावण २०७८, बिहीबार
969 shares

बुटवल । टिभिएस मोटर कम्पनीले बिएस–भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको–१२५ सीसीको स्कुटरलाई बुटवलमा लञ्च गरिएको छ । नेपालमै पहिलो ब्लुतुथ जडान गरिएको स्कूटर बुटवलको बालाजी अटोमोबाइल्स शोरुममा बुधबार एक कार्यक्रमकाबीच ब्रान्ड एम्बेसेडर तथा नेपाली फिल्मीका चर्चित कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्काको उपस्थितिमा लञ्च गरिएको हो ।

शोरुमका सञ्चालक विशाल जयसवालले बिएस, भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको १२५ सीसीको स्कुटरलाई प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताए । उनले ब्लुतुथ जडानसहित भएकाले युवावर्गलाई थप आर्कषण गर्ने विश्वास व्यक्त गरे । लञ्चको पहिलो दिनमै ४ वटा स्कुटर विक्री भइसकेको उनले बताए ।

स्कुटरमा स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्ट्रेन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट स्पोर्टलगायतका मल्टि राइड स्टाटिस्टिक मोड जस्ता सुविधालाई समटिएको छ । टिभीएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिसक, ड्रम, रेस एडिसन, रेडिसन र सुपरस्क्वाड एडिसनमा पनि उपलब्ध रहेको शोरुमले जनाएको छ ।

स्कुटी म्याट रेड, मेटालिक ग्रे, मेटलिक रेड, मेटलिक निलो रङमा उपलब्ध रहेको छ । यसको बजार मूल्य २ लाख ७५ हजार ९ सय रहेको छ । सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजू, नाटोका अध्यक्ष जीवन अधिकारीलगायतको उपस्थिति रहेको थियो । यसैबीच उक्त स्कुटर बुधबार नै भैरहवाको कन्ट्री ह्वील्समा पनि लञ्च गरिएको छ ।