सरोकारवालाहरु बिच संयुक्त बैठक सम्पन्न

मेचीकाली संवाददाता

२२ श्रावण २०७८, शुक्रबार
655 shares

पार्बती आचार्य
कपिलवस्तु, साउन २२ । बाणगंगा नगरपालिकाले नगरका सरोकारवालाहरु बिच संयुक्त बैठक सम्पन्न गरेको छ । बाणगंगा नगर शिक्षा समितीका अध्यक्ष एवं नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा बर्तमान कोभिड–१९ ले शैक्षिक संस्थाहरुमा पठनपाठन बन्द हुँदा बालबालिकाले पढ्न र सिक्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै नगरका सरोकावालाहरु बिच संयुक्त बैठक बसेको हो । नेपाल सरकार शिक्षा, बिज्ञान र प्रबिधि मन्त्रालयबाट जारी सिकाई सहजीकरण निर्देशिका २०७७ को सन्दर्भमा रही शैक्षिक संस्थाको पठनपाठन क्रियाकलापका बारेमा अन्तरक्रिया गरिएको थियो ।

बैठकमा कपिलवस्तुको बाणगंगा नगरपालिकाका शिक्षकमाथि प्रहरीले धरपकट गरेको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् । बाणगंगा नगरपालिकाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बाणगंगा नगरमा संचालित विधालयहरुमा प्रहरी प्रवेश गरि शिक्षकहरुमाथि धरपकट गर्दै दुव्र्यवहार गरेकोमा आपत्ती जनाएका हुन् । कार्यक्रममा पंञ्च नि.मा.विका प्रधानाध्यापक जगतराज रेग्मीले प्रहरीले आफुहरुप्रत्ती अपराध नै गरेजस्तै गरि थुनामा राख्ने काम गरेको र त्यसले आफु लगाएतका अन्य साथीहरुमा मानसिक तनाव सिर्जना गरेको बताए ।

सर्वेन्द्रदेव खनालले शिक्षकहरुप्रत्ती प्रहरीले एकदमै निन्दनिय व्यवहार गरेको भन्दै दुख ब्यक्त गरे । हिसानका अध्यक्ष बासुदेव घिमिरेले शिक्षकहरुको मनोवल गिर्नेगरि प्रहरीले गरेको कृर्याकलापप्रति सवै निकायबाट विरोध जनाउनुपर्ने भन्दै सडकमा यातायात संचालन हुने, आन्दोलनमा भिडभाड हुने सभा समारोह हुने तर सुरक्षाको मापदण्ड अपनाउदै शिक्षण सिकाई निर्देशिका २०७७ को मापदण्ड अपनाउदै २५ जना राखेर विद्यालयमा पढाउदा अपराध नै गरेजसरी शिक्षकलाई हिरासदमा राख्ने प्रहरीको कदम विरुद्ध अव चुप लागेर बस्न नहुने बताए । उनले वालमैत्री नगरले बालवालिकाको भविश्य बुझ्न नसकेको बताए ।

बैठकका प्रमुख अतिथि प्रदेश सांसद विष्णु पंन्थीले शिक्षक माथी प्रहरीको व्यवहार ठीक नभएको भन्दै यसको चाडैनै छलफल हुने बताएका थिए । आफु विद्यालय खोल्ने पक्षमा रहेको बताउदै उनले छिमेकि नगरसँग समन्वय गरि सुरक्षाको मापदण्ड अपनाएर नगर र प्रशाशन सँगको समन्वयमा अगाडी बढ्न जरुरी रहेको बताए । कार्यक्रमका अध्यक्ष नगर प्रमुख मंगल प्रसाद थारुले प्रहरीको कदम विरुद्ध प्रशाशन सँगको छलफलमा कुरा उठाउने बताउदै सवैको सहकार्यमा अवस्था हेरेर विद्यालयँग सम्बन्धित संगठनले बुझाएको ११ बुदे पत्र समेत अध्यन गरि निष्कर्ष निकालिने बताए ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरु∙ले कोरोना महामारी वेला प्रशाशनले जारी गरेको सुचना को अवज्ञा गरेका विद्यालयका शिक्षकहरु हरुलाई बोलाएर छलफल गरि अव देखि नियमको अवज्ञा नगर्नेगरि छाडिएको बताएका छन् । उनले विद्यालयहरुले सरुवा रोग ऐन २०२० को दफा २१ को उपदफा १ क बमोजिम आदेशको उल्लंघन गरेको बताए । त्यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, सामाजिक बिकास समिति संयोजक भिस्मराज भुसाल लगायत पनि बोलेका थिए ।